कोहलपुर नगरपालिकामा आजदेखि निःशूल्क कोरोना चेकजाँच गर्न शुरु

उज्यालो खबर मुख्य खबर स्वास्थका कुरा

नेपालगन्ज : कोरोनाको संक्रमण दर बढेसँगै बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि निःशूल्क एन्टिजेन विधिमार्फत कोरोनाको चेकजाँच गर्न शुरु गरिएको छ ।

आज पहिलो दिन ४० जनाको एन्टिजेन परीक्षणमा ३० जनामा कोरोना देखिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । नगरिपालिकाले हप्ताको २ दिन सोमबार र विहिबार विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको निःशूल्क एन्टिजेन विधिमार्फत कोरोना जाँच गर्ने कार्यको शुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *