पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले बुधबार पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बृद्धि गरेको हो ।

मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजेल र मटितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई ईन्धनमा साविकको विक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरिएको छ । यता खाना पकाउने ग्यासको मूल्य भने घाटा भएपनि नबढाइएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *