जुवा खालबाट निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्ती सहित १३ जना पक्राउ

उज्यालो खबर मुख्य खबर

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित १३ जनाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरिएको छ।

आइतबार बिहान पक्राउ निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्ती, भेरी नगरपालिका-६ का वडाध्यक्ष तथा कांग्रेसका नगर सभापति शशि बुढा, वडा नम्बर-४ का वडा सचिव प्रचण्डजंग शाह लगायतलाई जिल्ला अदालतबाट ५ दिनको थप गरी अनुसन्धान सुरू गरिएको हो।

उनीहरूविरूद्ध अवैध जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव काफ्लेले जानकारी दिए।

जाजरकोट सदरमुकामस्थित गैरीखालीबाट आइतबार बिहान ३ बजे उनीहरूलाई जुवाखालबाट प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीका अनुसार रूकुम पश्चिमको चौरजहारी नगरपालिका ६ का विकास विक, छेडागाड नगरपालिका १३ का कर्ण खड्का, छेडागाड ५ का प्रकाशमान सिंह, भेरी नगरपालिका ८ का जीवन खत्री, वडा नम्बर ४ का सन्तोष श्रेष्ठ, निराजन भडेललगायत जुवाखालबाट पक्राउ परेका हुन्। यो खवर सेतोपाटीमा छ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *