नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारमाथी गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।
गत शुक्रबार पिकनिकको क्रममा दुर्व्यवहार गरेको पीडित पक्षले बताएका छन् । पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए ।
बुधबार सोही बिषयलाई लिएर खजुरा गाउँपालिकाका युवाहरुले गाउँपालिका कार्यालय घेराउ गर्दै नाराबाजी समेत गरेका थिए ।
नाराबाजी गर्दै गर्दा इलाका प्रहरी कार्यालय खजुराका ठूलो संख्यामा प्रहरी पुगेको थियो । त्यसपछि इप्रका खजुराको प्रहरीले प्रमुख प्रशासनिक अधिकृत सहित पीडित पक्षलाई इप्रका लगेको छ ।
सोही बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेलाई सम्पर्क गर्दा इलाका प्रहरी कार्यालय खजुराले दुबै पक्षलाई इप्रका लिएर घटनाको अनुसन्धान गर्दै गरेको बताएका छन् ।