निन्जा इन्फोसि बन्यो ‘नेपालगन्ज स्पिच कम्पिटिसन’ को टाइटल स्पोन्सरमा

मुख्य खबर शैक्षिक निगरानी

नेपालगन्ज : नागरिक समाजको आयोजनामा हुन गईरहेको “नेपालगन्ज स्पिच कम्पिटिसन “को अनलाइन संस्करणको टाइटल स्पोन्सरको रुपमा निन्जा इन्फोसिस जोडिएको छ।

आइटीको क्षेत्रमा पश्चिम नेपालमै आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल नेपालगन्जको निन्जा इन्फोसिस प्रालिको “नेपालगन्ज स्पिच कम्पिटिसन २०७८”मा टाइटल स्पोन्सर रहने नेपालगन्ज स्पिच कम्पिटिसनका कार्यक्रम संयोजक रामु ओलीले जानकारी दिए।

सोमबार निन्जा इन्फोसका प्रबन्ध निर्देशक रमेश क्षेत्री र नेपालगन्ज स्पिच कम्पिटिसनका कार्यक्रम संयोजक रामु ओलीबीच निन्जा इन्फोसिस टाइटल स्पोन्सको रुपमा रहने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको बताइएको छ।

यससंगै अब नेपालगन्ज स्पिच कम्पिटिसनको टाइटल “निन्जा नेपालगन्ज स्पिच कम्पिटिसन” रहने पनि बताइएको छ।

वाक कलामा दखल राख्ने एवम् क्षमता भएकाहरुलाई लक्षित गर्दै अनलाइन डिजिटल पत्रीका नागरिक समाज डटकमले विगतका दिनदेखि नै स्पिच कम्पिटिसन गराउँदै आएको छ।

यसभन्दा अघिको संस्करणमा भौतिक उपस्थितिमा कम्पिटिसन गराएको नागरिक समाजले यसपटकको संस्करण भने अनलाइन माध्यमबाट गराउने नेपालगन्ज स्पिच कम्पिटिसनको आयोजकले जनाएको छ। अन्य जानकारीहरु विस्तारै दिने आयोजक टिमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *