मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण अत्यधिक प्रभावित भएको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्र डुवानमा पर्यो । बाढीका कारण मेलम्ची नगरपालिकाका ६०० जना प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदी थुनिएपछि बाँध फुटेर बाढी र पहिरो आएको थियो । त्यसक्रममा पानीमा फसेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतले ६० जनाको उद्दार गरेका छन् ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घरको छतमा फसेका ४ जनालाई ‘एयर लिफ्ट’ गरेर सुरक्षित स्थानमा लगिएको थियो । बाढीले मेलम्ची आयोजनाका ८ जना कर्मचारी सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
तस्वीरहरु हेर्नुहोस्








