जेठ २२ गते सम्म थपियो लकडाउन

मुख्य खबर स्वास्थका कुरा

जाजरकोट, जेठ १४ : जाजरकोटमा निषेधाज्ञा (लकडाउन)को अवधी पुनः एक साता थप गरिएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँँ भेरिएन्ट सहितको संक्रमण तिव्र रुपमा बढ्दै गैरहेको र अझै नियन्त्रणमा आउन नसकेको हुँदा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आगामी जेठ २२ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

यस अघि बैशाख १८ गते शनिवार राति १२ बजे देखि लागु हुने गरि पहिलो पटक एक साताका लागि बैशाख २५ गते सम्म, दोस्रो पटक जेठ १ सम्म र तेस्रो पटक जेठ १५ गते सम्मका लागि निशेषधाज्ञा गरिएको थियो । संक्रमण दर नरोकिएपछि शुक्रवार बसेको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले शनिवार राती १२ बजे देखि लागु हुने गरि पुनः एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

साथै एटिएम सेवा र एम्बुलेन्स लगायतका सेवा भने सुचारु हुनेछन् ।सरकारी कर्मचारी भने पोशाक सहित कम्तिमा एक चौथाइ उपस्थित हुने गरि आलोपालो गरेर कार्यालय खोल्नु पर्ने उल्लेख गरिएको छ । पत्रकारको हकमा भने सुचना विभागले जारी गरेको प्रेस पास वा सम्बन्धित मिडियाको परिचय पत्रका आधारमा रिपोटिङ्ग गर्न दिईने भएको प्रजिअ देवकोटाले बताए ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सय ५७ रहेको छ भने कोरोना मुक्त हुनेको संख्या ६ सय ४८ रहेको छ । हाल सम्म कोरोनाका कारण जिल्लामा तीन जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *