खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको दोश्रो समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न

मुख्य खबर

नेपालगंज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले आ.ब. ०७७÷०७८ को दोश्रो समिक्षा गोष्ठी कार्यक्रम बिहिबार सम्पन्न गरेको हो ।
खा.प्र.तथा गु.नि.का.नेपालगंजका प्रमुख ज्ञानेन्द्र प्रसाद मण्डल कार्यक्रमको सभापति, खा.प्र.तथा गु.नि.विभागका महानिर्देशक उपेन्द्र राय प्रमुख अतिथी, जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख दिर्घराज उपाध्याय विशिष्ट अतिथी तथा क्रमशः अतिथीहरुमा ब.खा.प्र.तथा गु.नि.विभाग सुमन धिताल, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका योगेन्द्र कुमार पौडेल, वाणिज्य उपभोक्ता संरक्षण कार्यालयका नि.प्र. कृष्ण प्रसाद पौडेल, कृषि ज्ञान केन्द्रका शकील अहमद, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पूर्णमान ओली, खा.प्र.तथा गु.नि.डि.का.दाङका कार्यालय प्रमुख विवेक बन्जारा, खा.प्र.तथा गु.नि.डि.का.सुर्खेतका कार्यालय प्रमुख भेष बहादुर थापा, खा.प्र.तथा गु.नि.डि.का. जुम्लाका कार्यालय प्रमुख अमित भूषण सुमन, खाद्य आयात÷निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगंजका नि.का.प्रमुख एकराज बृुढाथोकी, उपभोक्ता हित संरक्षण मंच लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रभात ठकुरी, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुबेदी, पानी व्यसायी संघका अध्यक्ष विनय श्रेष्ठ, दुग्ध व्यवसायीका अध्यक्ष मनोज यादव लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।


प्रमुख अतिथीले पानसमा बत्ती बाली कार्यालय प्रमुखले प्रमुख र विशिष्ट अतिथीलाई खादा र पूmलहरु दिई स्वागत गर्नुका साथै राष्ट्रको सम्मान गर्दै कार्यक्रममा राष्ट्रगान बजाइएको थियो ।
कार्यक्रमलाई अगाडी बढाउँदै खा.प्र.तथा गु.नि.का.का प्रमुख विवेक कुमार सुबेदी, खा.प्र.तथा गु.नि.डि.का.दाङका कार्यालय प्रमुख विवेक बन्जारा, खा.प्र.तथा गु.नि.डि.का. जुम्लाका कार्यालय प्रमुख अमित भूषण सुमन, खाद्य आयात÷निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगंजका नि.का.प्रमुख एकराज बृुढाथोकी लगायतका तर्पmबाट कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त गोष्ठी कार्यक्रम विभिन्न उद्योगी तथा व्यावसायीहरुले आ–आफ्ना समस्याहरु बारे छलफल समेत गरेका थिए ।


मन्तव्य व्यक्त गर्ने क्रममा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रभात ठकुरीले उत्पादक र वितरकले उपभोक्ताको हक अधिकारलाई ध्यानमा राख्नुका साथजै सम्बन्धित निकायले नियमन र प्रभावकारी अनुगमन गर्नु आवश्यक रहेको बोल्नु भएको थियो ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले कुनै पनि हालतमा उपभोक्ताले गुणस्तरिय बस्तु उपभोग गर्न पाउनुपर्नेमा जोड दिंदै विभागले अब काठमाण्डौ भन्दा बाहिरका शहरमा पनि गुणस्तरीय ल्याब र अन्य प्रविधिमैत्री वातावरणको पनि व्यवस्था छिट्टै गरिने र अव छिट्टै जनशक्तिको पनि व्यवस्था गरिने र मन्त्रालय र विभागको तर्फबाट गर्नुपर्ने कुनै पनि सहयोग भए त्यसका लागि पनि आफु प्रतिबद्ध रहेको जानकारी दिए ।
कार्यक्रम समापन खा.प्र.तथा गु.नि.का.नेपालगंजका प्रमुख तथा कार्यक्रमका सभापति ज्ञानेन्द्र प्रसाद मण्डलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *