नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा बाल बिवाह न्युनिकरंणका लागि आयोजना गरिएको नागरिक समाजका संस्था र स्थानीय तहको सयुक्त कार्ययोजना तर्जुमा गोष्ठी बर्दियाको गुलरियामा मंगलवार सम्पन्न भएको छ ।

बाल बिवाह न्यूनिकरण तथा रोकथाम गर्ने उदेश्यले प्लान नेपालको साझेदारी र गुलरिया नगरपालिकाको समन्वयमा सो दुई दिने सयुक्त योजना तर्जुमा गोष्ठीको आयोेजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो । उहाँले बाल बिवाह बिरुद्धको अभियानलाई सफल पार्नका लागि नागरिक समाज सन्जाल, किसोरी क्लब सन्जाल, बाल क्लब सन्जाल, प्रहरी, संघ सस्था तथा सबै सरोकारवालाहरु एक जुट भएर लाग्नका लागि सो गोष्ठीले योजना तर्जुमा गरेको बताउनुभयो ।

गोष्ठीमा बाल बिवाह रोकथामका लागि सहभागितात्मक रुपमा २०७७ असार मसान्त सम्म गर्ने मुख्य क्रियाकलापको कार्ययोजना निर्माण गरिएको तथा गोष्ठीमा भएको टलफल र सुझाब बमोजिम पालिकाको रणनैतिक योजना निर्माण गरिने साझा सहमति समेत बनेको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार गोष्ठिमा निर्माण गरिएको कार्ययोजना अनुसार बाल बिवाह विरुद्ध सचेतना मुलक अभियान संचालन गर्ने, नगरपालिकाका १२ वटै वडामा बाल बिवाह न्युनिकनारका लागि वडा स्तरीय समिती गठन गर्ने, बाल क्लब गठन तथा परिचालन गर्ने, घरदैलो अभियान संचालन गर्ने, नागरिक समाज सस्थाका सदस्यका लागि क्षमता बिकाश तालिम संचालन गर्ने र आपतकालीन कोष संचालनका लागि समन्वय र सहकार्य गर्ने लगायतका क्रियाकलापहरु रहेका छन् ।

सो कार्यशाला गोष्ठिमा गुलरिया नगरपालिकाका उप प्रमुख, कार्यपालिकाका सदस्य, वडा अध्यक्ष, सदस्य, महिला तथा बालबालिका शाखा प्रमुख, महिला तथा पैरवी संजालका सदस्यहरु लगायत ३० जनाको सहभागिता रहेको बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले बताउनुभयो ।

कार्यक्रमको समापन सत्रमा नगर कार्यपालिका सदस्य नयन सुनार, वडा अध्यक्ष गीता बस्नेत लगायतले मन्तब्य राख्नु भएको थियो भने कार्यशालाको सहजीकरण हिमा सुनारले गर्नुभएको थियो । यसअघि सो कार्यशाला गाष्ठिको गुलरिया नगरपालिकाका उप प्रमुख शुसिला गिरीले उदघाटन् गर्दै बाल बिवाह न्यूनीकरण स्थानीय तहको प्रमुख प्राथमिकता भएकाले यसको अन्त्य गर्नका लागि बाल बिवाह न्युनिकरनको रणनैतिक कार्ययोजना बनाएर अघि बढ्न थालिएको बताउनुभयो । उहाँले तयार हुने कार्ययोजनाले बाल विवाह न्युनिकरणमा ठुलो मद्दत गर्ने पनि बताउनु भएको थियो ।