२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

२९ फागुन २०८२, शुक्रबार/ दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।

भीरबाट लडेर गम्भीर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा भीरबाट लडेर घाइते भएका थिए । उनलाई धनगढी लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको केहीबेरमै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ।

शुक्रबार बिहान ११ बजेपछि पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने ओलीले सचिवालयले जनाएको छ।

पशुपति आर्यघाट लैजानुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि गुन्डुस्थित ओली निवासमा राखिएको थियो।

अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यसहितले अस्पतालमै पुगेर मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान ३ बजेतिर गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो।

स्वर्गीय ओलीका दुई छोरा  र तीन छोरी छन्।

२९ फागुन २०८२, शुक्रबार/ जुम्ला । जुम्लाबाट बिहीबार हेलिकप्टरबाट उद्धार गरिएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका-३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएकी उनको गएराति उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।