२०८२ चैत्र २३ सोमबार
२०८२ चैत्र २३ सोमबार

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत मतदानको दिन अर्थात् फागुन २१ गते सवारीसाधन सञ्चालनलाई व्यवस्थित, प्रभावकारी तथा अत्यावश्यक सेवामैत्री बनाउन विशेष व्यवस्था सार्वजनिक गरेको छ।

आयोगले नेपाल सरकारलाई सिफारिस गर्दै केही अत्यावश्यक सेवाका सवारी साधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन आग्रह गरेको जनाएको छ। ती सवारी साधनले सम्बन्धित प्रयोजनबाहेक अन्य यात्रु बोक्न भने नपाइने स्पष्ट गरिएको छ।

पास आवश्यक नपर्ने सवारीसाधनहरू:

दमकल, एम्बुलेन्स र शववाहन

खानेपानीका ट्याङ्कर तथा दुध, फलफूल, तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन

दूरसञ्चार, खानेपानी, विद्युत र ढल मर्मतका सवारीसाधन

अस्पताल सेवा सम्बन्धी सवारी (चिकित्सक तथा स्वास्थ्यकर्मीको आवतजावतका लागि)

बाँके फगुन १६ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईले फागुन २१ गते हुन गइरहेको चुनाव पैसावाला र वाहुवली विरुद्धको भएको बताएका छन् । बाँकेको डुडुवा गाउँपालिका–२, बेताहनी शनिबार पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै मतदातालाई स्पष्टसँग सन्देश दिँदै भने –’यो चुनाव साधारण होइन, यो चुनाव गलत शक्ति र पैसाको राजनीति विरुद्धको लडाइँ हो।’

राईले आफ्नो भाषणमा पैसाको प्रभाव र बाहुबलको राजनीति विरुद्ध कडा प्रहार गरे उनले भने–’कसैले पैसा र बलको भरमा चुनाव जित्छु भन्ने भ्रममा छ भने यो चुनावले उसलाई पाठ सिकाउनेछ। जनताको मत किन्न सकिँदैन।’ राईले मतदातालाई आफ्नो पार्टीको छाता चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।

समय अभावका कारण सबै घरमा पुग्न नसकेको स्वीकार्दै उनले कार्यकर्ताहरुलाई घरघरमा पुगेर मत माग्न निर्देशन दिए । ’म सबैको घरमा पुग्न सकिनँ, तर मेरो सन्देश प्रत्येक घरमा पुग्नुपर्छ–छाता चिन्हमा मतदान गर्नुहोस्, भ्रममा नपर्नुहोस्’– उनले भने। राईले जसपा छोडेर अन्य दलमा गएका केही उम्मेदवारहरुमाथि असन्तुष्टि व्यक्त गर्दै उनीहरूले मतदातालाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाए। उनले भने –’कमरुद्दिन राई कसैसँग मिलेको छैन। हामी आफ्नो बाटोमा स्पष्ट छौँ। छाता चिन्हमै मतदान गर्नुहोस्।’ राईले आफूलाई मधेशी तथा मुस्लिम समुदायको अधिकारका लागि लड्ने उम्मेदवारका रूपमा प्रस्तुत गरे।

उनका अनुसार आफ्नो राजनीतिक यात्रा नै यस समुदायको पहिचान र अधिकारको लागि समर्पित छ। ’मधेशी र मुस्लिम समुदायको आवाज उठाउने व्यक्ति कमरुद्दिन राई हो उनले भने–’कसैले मलाई किन्न सक्दैन।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा आफ्नो प्रमुख एजेण्डा भएको बताए। ’यो व्यवस्था हाम्रो संघर्षबाट आएको हो।

यसलाई जोगाउनु हामी सबैको दायित्व हो’– उनले भने। राईले समुदायको नाममा राजनीति गर्नेहरूप्रति आक्रोश पोखे । उनले भने–’केही व्यक्तिहरूले मधेशी र मुस्लिम समुदायको नाममा राजनीति गर्छन्, तर काम गर्दैनन्। त्यस्ता व्यक्तिहरूलाई जनताले प्रसास्त गर्नुपर्छ।’ सभामा सहभागी स्थानीय बासिन्दाहरूले विकास, रोजगारी र सामाजिक न्यायका विषयमा आफ्नो अपेक्षा व्यक्त गरेका थिए। युवाहरू रोजगारीको अवसरको खोजीमा छन् भने महिलाहरू शिक्षा र स्वास्थ्य सेवामा सुधारको चाहना राखेका थिए ।

बाँके फागुन १६ गते ।
बाँकेको राजनीतिक तापक्रम फागुन २१ नजिकिँदै जाँदा क्रमशः तात्दै गएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राई यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । जसपा बाँके क्षेत्र नं. २ बाट प्रतिस्पर्धामा रहेका राई अहिले जनताको घरघरमा पुगेर उनीहरुको दुःख, अभाव र आशा लगायतका कुराहरु सुनिरहेका छन् ।

नेपालगन्जका २१ वडा र डुडुवाका ६ वडा समेटिएको यो निर्वाचन क्षेत्र भूगोल, सामाजिक बनावट र जीवनशैलीका हिसाबले निकै विविध छ । यही विविधताको बीचमा राईले आफ्नो घरदैलो अभियान करिब–करिब पूरा गरिसकेका छन् ।

तर उनी भन्छन्–‘जनताको घर–आँगनमा पुग्ने काम अझै रोकिएको छैन, रोकिँदैन पनि ।’ डुडुवाको जमिन उर्वर छ । यहाँका अधिकांश नागरिक किसान छन् । तर खेतमा पसिनासँगै समस्या पनि छ । राईको टोली जब गाउँ–गाउँ पुग्छ, किसानहरु एउटै गुनासो दोहो¥याउँछन् समयमै मल र बीउविजन नपाउनु । ‘खेती गर्न मल र बीउ चाहियो, तर पाइँदैन । पाइयो भने पनि ढिलो पाइन्छ’ स्थानीय किसानहरुले राईसँग गुनासो सुनाउने गरेका छन् । राईले ती आवाज ध्यानपूर्वक सुन्दै प्रतिवद्धता जनाउँछन् र भन्छन्न्–‘किसानका समस्यालाई संसदसम्म पु¥याउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’ नेपालगन्ज उपमहानगरपालिका भनिए पनि यहाँका धेरै बस्ती अझै विकट अवस्थामै छन् । सडक, पानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवा पर्याप्त छैनन् । नागरिकहरु गास, बास र कपासकै आधारभूत समस्यासँग जुधिरहेका छन् । राई भन्छन्–‘शहरभित्रै यति धेरै अभाव देख्दा मन दुख्छ । विकासको नारा केवल कागजमा होइन, नागरिकको जीवनमा देखिनुपर्छ ।’

राईले चुनावी अभियानमा पूर्ण समय दिन नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख पदबाट राजिनामा दिए । उनले आफूलाई स्थानीय तहबाट नागरिकका समस्या समाधान नहुने देखेपछि संघीय संसदमा पुग्ने बाटो रोजे । कमरुद्दिन राई मधेशी, आदिवासी जनजाति, थारू, खस, दलित, पिछडावर्ग, महिला, मुस्लिमलगायत अन्य अल्पसङ्ख्यक समुदायहरूको अधिकारका मुद्दा पनि सशक्त रुपमा उठाउने बताउँछन् ।

उनले भने–‘यी समुदायका हक–अधिकारका विषय अझै पर्याप्त रुपमा सम्बोधन भएका छैनन् । म संसदमा उनीहरूको आवाज बलियो रूपमा उठाउनेछु ।’ उनको अभियानमा जातीय, भाषिक र धार्मिक विविधता बोकेको बाँके–२ लाई समान अवसर र न्याय दिलाउने प्रतिबद्धता झल्किन्छ ।

नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार दिपेन्द्र विष्टलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ अन्तर्गत घरबारी टोलमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय व्यवसायीहरूले उम्मेदवारहरूलाई खादा लगाएर स्वागत गरेका छन् । घर-घर पुगेर भलाकुसारी गर्ने क्रममा उम्मेदवारहरूलाई व्यवसायी समुदायले सम्मानस्वरूप खादा ओढाइदिएका थिए ।

कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले जनताको माया र विश्वास नै सबैभन्दा ठूलो शक्ति भएको बताए । उनले व्यवसायी वर्गको योगदान बिना स्थानीय अर्थतन्त्र सुदृढ हुन नसक्ने उल्लेख गर्दै उनीहरूको सुझावलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय व्यवसायीहरूले बजार व्यवस्थापन, पूर्वाधार सुधार, सुरक्षा र करसम्बन्धि सहजताका विषय उठाएका थिए । उनीहरूले प्रतिनिधिले आफ्ना मुद्दा सम्बन्धित निकायसम्म पुर्‍याइदिनुपर्ने अपेक्षा राखेका छन्।

सर्लाही । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गूल्म मलगंवाको सक्रियता बढाएसँगै सर्लाहीमा भन्सार छलीका सामान बरामद गर्ने क्रम बढेको छ । सशस्त्र प्रहरीले सर्लाहीको पर्साबाट भन्सार छली गरेर ल्याइएको ३२ लाख बराबरकोे अवैध सामान बरामद गरेको छ ।

सीमावर्ती क्षेत्रमा हुने अवैध कार्यलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध सामान ल्याइरहेको सूचनाका आधारमा अवैध सामान ल्याउने २ वटा पिकअप गाडि र ४ वटा मोटरसाइकल नियत्रण्मा लिएको छ ।

सर्लाहीको पर्सा- ५ स्थित सिमानाकाबाट सुरक्षा गुल्म मलंगबाका  ससत्र प्रहरी नायब उपरिक्षक लिला बहादुर कार्कीको कमाण्डमा गयको टोलीले सिमानाका बाट मोटरसाईकलमा ल्याई २ वटा पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी र सर्लाही भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलीको सामान र सामान सहित सवारी साधना नियन्त्रणमा लिई सर्लाही भन्सार कार्यालयलाई बुझाएको छ ।

69a3f1c5-4667-4611-88e0-b79b4f6adb81-1772097971.jpg
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाबाट गएको ससत्र प्रहरीको टोलीले सिमानाकाबाट भारतीय फूल १७ सय ८५ केजी रहेको र फूलको अन्दाजी मूल्य रु ७ लाख १४ हजार रहेको, भन्सार छलीको कपडाको मुल्य रु ८ लाख ८३ हजार ७ सय ५०रुपैया रहेकाे छ । बरामद सामग्री भन्सार कार्यालयमा बुझाइयको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरी र भन्सारको संयुक्त टोलीले भन्सार छलीको सामान र सामानसहित सवारी साधन नियन्त्रणमा लिएको २ वटा पिकअप गाडी र ४ वटा मोटरसाइकलको मूल्य २४ लाख बराबरको पिकअप गाडि र मोटरसाइकल भन्सार कार्यालय बूझायको छ । फूल,कपडार २ वटा पिकअप गाडी र ४ वटा मोटरसाइकल जम्मा मूल्य ३२ लाख ८३ हजार ७५०रुपैयाँ रहेको सशस्त्र  प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामान सर्लाही भन्सार कार्यालयलाई बुझाएको सशस्त्र  प्रहरीले जनाएको छ । सशस्त्रले प्रहरी पछिल्लो समय सर्लाहीका सीमा क्षेत्रको सुरक्षालाई थप बलियो बनाउँदै लगेको छ । सीमा सुरक्षासँगै सीमा क्षेत्रमा हुने गरेका अवैध गतिविधि नियन्त्रणमा सशस्त्र सक्रिय देखिएको छ ।

3ff5d6fd-e1b8-40e9-b023-1b011667fcbe-1772098274.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा जनसम्पर्क तथा घण्टी अभियान सुरु गरेँको  छ। अभियान शनिबार बिहान पशुपतिनाथबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित केन्द्रीय कार्यालय ९घण्टी घर० मा समापन हुनेछ।

आज दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा र्‍यालीसहित अभियान सञ्चालन गरिएको छ। कार्यक्रममा पार्टी नेतृत्वकर्ता रवि  लामिछाने , बालेन शाह लगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।