२०८२ चैत्र २३ सोमबार
२०८२ चैत्र २३ सोमबार

काठमाडौँ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वतयारी अन्तिम चरणमा छ ।   

आयोगबाट स्वीकृत कार्य तालिकाअनुसार व्यवस्थापकीय कार्य तालिकाबद्ध र तोकिएको समयमा सञ्चालित छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई ७७ वटै जिल्लामा पुगेको छ । केही सामग्री भने जिल्लामै व्यवस्थापन हुनेछ । निर्वाचन अधिकृतको कार्यालयबाट भने मतदान अधिकृतको जिम्मामा सबै सामग्री पठाइने आयोगले जनाएको छ ।

स्वीकृत कार्यक्रमअनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम यही फागुन ३ गतेदेखि जारी छ । मतदाता शिक्षा फागुन १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुने जनाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरुले सक्रिय रुपमा कार्यसम्पादन गर्दै आएका छन् ।

यही फागुन ४ गतेदेखि राजनीतिक दलहरुले चुनावको मुख्य प्रचारप्रसारका गतिविधि सुरुवात गरेका छन् । प्रचारप्रसारलाई प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगबाट राजनीतिक दल र उम्मेदवारहरुलाई निर्देशन भइसकेको छ ।

बाँके फागुन १४ गते ।
जनता समाजवादी पार्टी नेपालबाट बाँके निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कमरुद्दिन राईले आज नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.१ धम्बोझी–खजुरा रोड क्षेत्र घरदैलो गरेका छन् ।

राई मतदाताको घरमा पुग्दा स्थानीयबासीले उत्साहपूर्ण तरिकाले स्वागत गरे । राईले मतदाताको साथले झनै आत्मविश्वास बढेको बताउँदै भने, “मतदाताबाट पाएको यस्तो माया र सम्मानले मलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको छ।” उनले विशेष गरी युवालाई लक्षित रोजगारी सिर्जना, साना तथा घरेलु उद्योग प्रवद्र्धन, र आधारभूत पूर्वाधार सुदृढीकरणमा जोड दिने बताए। “यो क्षेत्रको समग्र विकास बिना स्थानीयको जीवनस्तर उकास्न सकिँदैन। त्यसैले विकासलाई मेरो पहिलो प्राथमिकता हुनेछ,” राईले स्पष्ट पारे । यसरी, चुनाव नजिकिँदै जाँदा नेपालगन्जका गल्ली–टोलमा उम्मेदवार र मतदाताबीचको प्रत्यक्ष संवादले छाता चुनावप्रति जनलहर बढेको अनुभूति गर्न सकिन्थ्यो ।

नेपालगन्ज, फागुन १४ । नेपाली कम्युनिष्ट पार्टीबाट बाँके २ का उम्मेदवार दिपेन्द्र विष्टको मतदाता भेटघाट र घरदैलो तिव्र रुपमा जारी छ ।

विहिबार उहाँले नेपालगन्ज २२ किंगरियन पुरवा पुगेर त्यहाँका विपन्न र आर्थिक रुपमा निकै पछाडी परेको समुदाय किंगरियनहरुको घरमा बसेर उनिहरुको दुख पिडा र समस्या बुझे प्रयास गर्नु भएको छ। उहाँ अतिनै पिछडिए‌को सो बस्तीमा पुग्दा मतदातामा एउटा अनौठो उत्साह उत्पन्न भएको थियो । बर्षौदेखि शिक्षा र स्वास्थ्यसंगै विकास र आर्थिक रुपमा पनि पछाडी परेका किंगरियनपुरवाका स्थानीयले निर्वाचनको बेला मत माग्न आउने तर जितेर गएपछि फेरी फर्केर नआउने प्रवृत्तिका कारण आफुहरु सधैं पछाडी परेको गुनासो गरे।

उनिहरुले गाउँबस्तीको अवस्था घर परिवारको अवस्था र बालबालिकाको अवस्था बारे स्थलगत रुपमै विष्टलाई लगेर देखाए अनि बुझाए । वडा छठ गाउँलेहरुको कुरा सुनेर उम्मेदवार विष्टले आफु अरु उम्मेदवार र नेता जस्तो नभएको बताउँदै आफुले भनेको र प्रतिवद्धता गरेको कुरा जसरी पनि पुरा गर्ने बताए। उनले आफु नेता बन्न नआएको जनाउँदै सेवा गर्न आएको र जिते पनि हारेपनि आफु फेरी फर्केर जनताको घर आँगनमा आउने र जनताका समस्या सरकारसम्म पुरयाउने प्रतिवद्धता जनाए । विष्टका कुरा सुनेर सो गाउँका अधिकांश स्थानीय भावुक बनेका थिए। उनिहरुले आफुहरु बर्षौंदेखि ठगिदै आएको र पछाडी पारिंदे आएको जनाउँदै यस पटक मत र नेता फेर्ने निष्कर्शमा पुगेको सुनाएका थिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।