
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै निकायलाई तयारीका साथ काम गर्न निर्देशन दिएकी छन् ।
लुम्बिनी प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेकी हुन् । बैठकपछि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले उक्त जानकारी दिइन् । प्रधानमन्त्री कार्कीसहित आज बिहान मध्यपश्चिम पृतना हेडक्वाटर, बुटवलमा आयोजित प्रदेशस्तरीय एकीकृत सुरक्षा बैठकमा प्रदेशभर निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिइएको थियो। जिल्लास्थित सुरक्षा समितिले स्थानीय चुनौती पहिचान गरी सोहीअनुसार सुरक्षा रणनीति बनाएर अघि बढ्न निर्देशन दिइएको प्रमुख सचिव काप्रीले बताए ।
मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितको एकीकृत सुरक्षा योजनाअनुसार परिचालन गरिने जनाइएको छ। प्रदेशका १२ वटै जिल्लामा जिल्ला सुरक्षा समितिले तयार पारेका योजनाबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको काप्रीले बताउनुभयो। बैठकमा नेपाली सेनाका पृतनापति हिम्मतबहादुर विष्ट, नेपाल प्रहरीका प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षकलगायत सहभागी थिए। एकीकृत सुरक्षा योजनाअन्तर्गत राष्ट्रिय अनुसन्धान विभागबाट सङ्कलित सूचनाका आधारमा रणनीति तय गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये तराईका जिल्लामा खुला सीमाना प्रमुख चुनौतीका रूपमा रहेको विषयमा बैठकमा चर्चा भएको जनाइएको छ।
पश्चिम नवलपरासीदेखि बर्दियासम्म करिब ४१४ किलोमिटर खुला सीमा रहेको छ। हिमाली जिल्ला रुकुमपूर्वमा सञ्चार पहुँच, सूचना सङ्कलन र भौगोलिक अवस्थाका चुनौतीलाई समेत ध्यानमा राखेर तयारी गरिने बताइएको छ। प्रधानमन्त्रीको निर्देशनपछि निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न थप प्रतिबद्धताका साथ काम अघि बढाइने प्रमुख सचिव काप्रीले जानकारी दिए ।
R
बाँके । बाँके क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धा दिनप्रतिदिन रोचक बन्दै गएको छ। यही प्रतिस्पर्धाबीच पुर्व उपसभामुख पुर्णा कुमारी सुवेदीको कमान्ड र रणनीतिक मार्गदर्शनमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट चुनावी मैदानमा क्रमशः उचाइ लिँदै गएको अवस्था देखिएको छ।

बिहानको पहिलो किरणसँगै घरबाट निस्किने र साँझ अबेरसम्म टोल–टोल, बस्ती–बस्ती पुगेर मतदातासँग संवाद गर्ने बिष्टको सक्रियता अहिले चुनावी चर्चाको मुख्य विषय बनेको छ। चुनावी भाषणभन्दा प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिने उहाँको शैलीले मतदातामा आत्मीयता र भरोसा बढाएको स्थानीयहरूको प्रतिक्रिया छ।नेता सुवेदीको राजनीतिक अनुभव, संगठनात्मक समन्वय र रणनीतिक स्पष्टताले अभियानलाई व्यवस्थित र परिणाममुखी बनाएको विश्लेषकहरूको बुझाइ छ। सुवेदीको नेतृत्वमा परिचालित टोलीले प्रत्येक बस्तीमा योजनाबद्ध ढंगले संवाद कार्यक्रम सञ्चालन गरिरहेको छ, जसले चुनावी माहोललाई सकारात्मकता तर्फ मोडेको देखिन्छ।
घरदैलोका क्रममा बिष्टले बेरोजगारी, बाढी–डुबान, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइका विषयमा मतदातासँग खुलेर छलफल गरिरहेका छन्। स्थानीयहरू भन्छन्— “उहाँ सुन्न आउनुहुन्छ, केवल बोल्न होइन।” यही व्यवहारिक दृष्टिकोणले उनलाई अरू उम्मेदवारभन्दा फरक बनाएको छ।चुनावी विश्लेषणका आधारमा हेर्दा, अभियानको ऊर्जा, संगठनको समन्वय र मतदातासँगको प्रत्यक्ष सम्बन्धले बिष्टको चुनावी यात्रा क्रमशः बलियो बन्दै गएको संकेत मिलिरहेको छ। विशेष गरी युवा र महिलामा देखिएको उत्साहले माहोललाई थप जीवित बनाएको छ।

यसरी, नेता सुवेदीको अनुभव र दिपेन्द्र बिष्टको सक्रियता मिलेर बनेको यो चुनावी समिकरण अहिले बाँके–२ मा सकारात्मक लहरको संकेतका रूपमा व्याख्या हुन थालेको छ। घरदैलोको पसिनासँगै विश्वासको पूँजी जोड्दै अघि बढेको यो अभियानले अन्तिम परिणाममा कस्तो प्रभाव पार्छ, त्यो समयले देखाउनेछ; तर वर्तमान संकेतहरू भने बिष्टको पक्षमा उचाइतर्फ उन्मुख देखिन्छन्।
गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।जिल्ला प्रशासन कार्यालयका अनुसार, शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश जारी गरिएको हो ।
मस्जिदमा प्राथना भइरहेको बेलामा हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको थियो ।
घटनापछि शुक्रबार बिहानैबाट रौतहटका गौर क्षेत्र तनावग्रस्त बन्न पुगेको छ । अहिले पनि अवस्था असामान्य बन्दै गएपछि कर्फ्यू जारी गरिएको हो ।
प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यासका सेलहरू प्रहार गरिरहेको छ । गौरको वडा नम्बर ४, ५ र ६ मा झडप भइ रहेको छ ।
कर्फ्यू अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
झडपका क्रममा प्रदर्शनकारीहरुले केही सवारी साधनमा आगजनी गरेका छ्न् भने घरमा तोडफोड भएको तथा केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
अवस्था बिग्रन नदिन प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरेको छ।





