२०८२ चैत्र २३ सोमबार
२०८२ चैत्र २३ सोमबार

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन २२ गते साधारण तारिखका लागि मिति तोकेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध १७ वटा रिट निवेदन परेको थियो । उक्त रिट निवेदनको सुनुवाइका लागि मिति तय भएको छैन । अदालतले उक्त विवादमा साधारण तारिख यही फागुन २२ गतेका लागि तोकेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए

संसद् विघटनविरुद्ध परेको रिट निवेदनमा गत कात्तिक १२ गते संवैधानिक इजलाससमा सुनुवाइ गरी बाटोको म्यादबाहेक सात दिनभित्र विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । विपक्षीहरूबाट लिखित जवाफ अदालतमा पेस भइसकेको छ ।

त्यसैगरी, सर्वोच्च अदालतको गत पुस ९ गते बसेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन, सरकार निर्माण प्रक्रिया र संसद् पुनःस्थापनाको मागसम्बन्धीका पूरक रिट निवेदनलाई पनि एकैसाथ सुनुवाइ गर्ने आदेश दिएको थियो ।

बाँके फागुन ८ गते ।
आगामी निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)का तर्फबाट उम्मेदवार कमरुद्दिन राई यतिबेला घरदैलो अभियानमा व्यस्त छन्।

शुक्रबार उनले नेपालगन्ज उपमहानगरपालिका–१८ कारकादौं क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्। घरदैलो कार्यक्रमका क्रममा सरल र मिलनसार स्वभावका राईले स्थानीय बासिन्दासँग हातेमालो गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुने। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। “जनताको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्छु,” राईले भने।

अभियानका क्रममा एउटा भावुक क्षण पनि देखियो। नेपालगन्ज–१८ कै १०३ वर्षीया मायाँ कुर्मीले राईलाई विजयीको आशिर्वाद दिइन्। ज्येष्ठ नागरिकको आशिर्वाद ग्रहण गर्दै राईले आफू थप जिम्मेवार र उत्साहित बनेको प्रतिक्रिया दिए। “आमाको आशिर्वादले जनताको सेवा गर्ने मेरो संकल्प अझ मजबुत भएको छ,” उनले बताए। राईले मधेशी, आदिवासी जनजाति, थारू, खस, दलित, पिछडावर्ग, महिला, मुस्लिमलगायत अन्य अल्पसङ्ख्यक समुदायहरूको अधिकार सुनिश्चित गर्ने आफ्नो एजेण्डा रहेको उल्लेख गरे। समावेशी विकास, समान प्रतिनिधित्व र सामाजिक न्यायको पक्षमा आफू दृढ रहेको उनको भनाइ छ।

घरदैलो अभियानलाई तीव्रता दिँदै राईले आगामी दिनमा पनि टोल–टोल पुगेर मतदातासँग संवाद जारी राख्ने जनाएका छन्। स्थानीयस्तरमै बसेर समस्या समाधान गर्ने प्रतिबद्धतासहित उनी मतदाताको विश्वास जित्ने प्रयासमा सक्रिय देखिएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।