
बाँके फागुन ५ गते।
फागुन २१ गते नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ को चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) का कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै गएको देखिन्छ ।

गाउँ–टोल, चोक–गल्ली र बजारका चिया पसलदेखि किसानका बारीसम्म कमरुद्दिन राईको चर्चा हुने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखबाट राजिनामा दिएर मैदानमा उत्रिएकाले पनि कमरुद्दिनको चर्चा बढी छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का स्थानीय नेता तथा समाजसेवीहरुका अनुसार यसपटकको निर्वाचनमा कमरुद्दिनप्रति आम मतदाताको उत्साह उल्लेख्य रुपमा बढेको छ । “हामीले धेरै वर्षदेखि परिवर्तनको कुरा सुन्दै आएका छौं, तर अब त्यो व्यवहारमा देख्न चाहन्छौं,” स्थानीय अगुवाले बताए । उनका अनुसार कमरुद्दिन राई इमान्दार, जनतासँग नजिक रहने र आफ्ना वाचा पूरा गर्ने प्रतिबद्धता राख्ने नेता हुन् । त्यसैले पनि स्थानीय स्तरमा उनलाई जिताउन जनतामा एक प्रकारको सकारात्मक लहर देखिएको छ । बाँके क्षेत्र नं. २ मा विशेषगरी मधेशी तथा मुस्लिम समुदायको ठूलो उपस्थिति छ । यी समुदायका मुद्दा, अधिकार र पहिचानलाई राज्यका मूलधारमा स्थापित गर्न सक्ने नेतृत्व आवश्यक भएको स्थानीय बासिन्दाको भनाइ छ । कमरुद्दिन राईले विगतदेखि नै सामाजिक सद्भाव, समावेशिता र समान अधिकारका पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै स्थानीयले भने, “हाम्रो पहिचान र अधिकारको सवालमा अब सम्झौता होइन, सशक्त प्रतिनिधित्व चाहिन्छ ।”
उनीहरुका अनुसार जसपा र कमरुद्दिन राईले यही आवाजलाई प्रतिनिधित्व गर्न सक्छन् । कमरुद्दिनले घर–घर पुगेर मतदाताका गुनासा सुन्ने, उनीहरुको दैनिकी बुझ्ने र आफ्ना योजनाबारे जानकारी दिने गर्दै आएका छन् । घरदैलोका क्रममा कमरुद्दिन राईले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि विकास, सिँचाइ, सडक पूर्वाधार र सामाजिक न्यायजस्ता विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताउने गरेका छन् ।
५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी मंगलबार दिउँसो तारिख बुझ्न अदालत पुगेका हुन् । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी मंगलबार पार्टीका केही नेता कार्यकर्तासहित पुगे छन् । स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए ।
मंगलबार बिहान कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिङे जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा, महाराजगञ्ज नगरपालिका-२ बाणगंगा नदीको बर्गदी पुलमा र शिवराज नगरपालिका-१ स्थित शिवपुर रेञ्जर पोस्ट नजिकै बम जस्तो वस्तु फेला परेको थियो । मंगलबार बिहान कपिलवस्तुका तीन ठाउँमा बम राख्ने नेकपा बहुमतका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-२ तिनैया बस्ने नेकपा बहुमतका कार्यकर्ता ५८ वर्षीय शोभे थारु पक्राउ परेको प्रहरीले जनाएको छ ।
जसमा पक्राउ परेका थारु संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । उनीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ बमोजिम विष्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।





