२०८२ चैत्र २३ सोमबार
२०८२ चैत्र २३ सोमबार

बाँके फागुन २ गते ।
बाँके क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार कमरुद्दिन राईलाई यतिबेला मतदाताको आशिर्वाद र समर्थनको ओइरो लागेको छ। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा नेपालगञ्ज र डुडुवा गाउँपालिकाका विभिन्न वडामा पुग्दा युवा, महिला तथा ज्येष्ठ नागरिकले उनलाई जितको शुभकामना दिँदै आशिर्वाद प्रदान गरेका छन्।
शुक्रवार नेपालगञ्ज–२० राँझा गाउँ पुगेका कमरुद्दिनलाई १०५ वर्षीया जलवर्षा वर्माले विशेष रूपमा आशिर्वाद दिइन्। उनले मधेस र मधेसीको मुद्दा उठाउने पार्टी जसपा नेपाल नै भएको उल्लेख गर्दै कमरुद्दिनलाई मत दिने प्रतिबद्धता व्यक्त गरिन्।


त्यसैगरी डुडुवा गाउँपालिका–५ का ८० वर्षीय राजकुमार यादवले पनि कमरुद्दिनलाई जितको कामना गर्दै आशिर्वाद दिए। “मधेस आन्दोलनको मर्म धेरैले बिर्सिए। यसपालिको निर्वाचनमा मधेसको मुद्दा उठाउने उम्मेदवारलाई नै भोट दिन्छु। तपाईँलाई जितको शुभकामना र आशिर्वाद छ,” उनले भने।
कमरुद्दिन पुगेका स्थानमा स्थानीय नागरिकले भव्य स्वागत गर्ने गरेका छन्। उनी पुग्नेबित्तिकै उत्साह र खुसीको वातावरण बन्ने गरेको स्थानीयको भनाइ छ। नेपालगञ्ज–१९ का रामकुमार तेलीले कमरुद्दिनसँग गला मिलाउँदै भने, “आफ्नो घरमा तपाईँलाई पाउँदा अत्यन्तै खुसी लागेको छ। तपाईँलाई हाम्रो भोट पक्का भयो।”
मतदाताबाट प्राप्त माया, स्नेह र सौहार्दताले आफूलाई थप ऊर्जा र हौसला मिलेको कमरुद्दिनले बताएका छन्। उनले जनताको विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता दोहो¥याउँदै चुनावी अभियानलाई अझ सशक्त बनाउने बताएका छन्।

काठमाडौँ । नेपालमा चुनावको समयमा मूल्य वृद्धि र कृत्रिम अभाव हुने विषय नयाँ हैन । अहिले पनि आगामी  प्रतिनिधिसभा निर्वाचनलाई देखाएर समाजमा महँगीको त्रास फैलाइँदैछ । नेपाल आयल निगमले ग्यास आयातमा कमी नरहेको बताइरहँदा पनि बजारमा खाना पकाउने ग्यासको हाहाकार देखियो । कैयौ ग्यास पसल डिपोमा अभाव देखिएपछि आयल निगमले आफ्नै डिपोबाट प्रत्यक्ष ग्यास बिक्री सुरु गरेको छ । निगम भन्छ– आपूर्तिमा समस्या छैन, तर बजारमा उपभोक्ताले ग्यास पाएका छैनन् । यो सिधै ‘कृत्रिम अभाव’को संकेत हो । महँगी बढ्ने वा थप राजनीतिक उथलपुथल हुने आकलनका बीच व्यापारी तथा उपभोक्ताहरुले स्टक थुपारेर राख्न थालेका छन् । चुनावको मुखमा व्यापारीहरूले स्टक लुकाउने र उपभोक्ताहरूले पनि भविष्यमा अभाव हुने डरले आवश्यकताभन्दा बढी सिलिन्डर तथा खाद्यान्न सञ्चय गर्नाले अभाव र महँगी बढेको देखिन्छ ।

बजारमा खाद्यान्न, खानेतेल र अन्य दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ । पछिल्ला केही हप्तामा खानेतेलमा प्रतिलिटर ४० देखि ५० रुपैयाँ र चामलमा प्रतिबोरा १०० देखि २०० रुपैयाँसम्म मूल्य वृद्धि भएको रिपोर्ट आएका छन् । यस विषयमा बुधबारको राष्ट्रिय सभा बैठकमा समेत प्रश्न उठेको छ । नेकपाका सांसद घनश्याम रिजालले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बजारमा कालाबजारीहरु सक्रिय भएको भन्दै  सरकारको ध्यानाकर्षण गराए । चुनावी समयमा आपूर्ति प्रणाली अस्थिर पार्ने र अनावश्यक नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृत्रिम अभाव देखाएको उनको आरोप छ ।

के भन्छन् सरोकारवाला ?

बजारमा पछिल्ला दिनमा खानेतेल, चामल र दालमा अत्यधिक मूल्यवृद्धि भएको व्यवसायीहरू नै स्वीकार्छन् । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले केही दिन यता बजारमा दाल, चामल, तेलमा भाउ बढेर आएको बताएका छन् । उनका अनुसार एमआरपी (अधिकतम खुद्रा मूल्य) नै बढेर आएका कारण दैनिक उपभोग्य वस्तुहरु खुद्रा व्यापारीहरुले बढाएर बेच्नुपरेको छ । मुल्य वृद्धिको कारण बुझ्दा उत्पादक, आयातकर्ताले डलरको भाउ बढेर भनिरहेका छन् । कच्चा पदार्थको मूल्य बढ्दा पनि केही खाद्यपदार्थको भाउ बढेको  उनको भनाइ छ ।

बजारमा ब्यापारीले दाल, चामलजस्ता वस्तुको मुल्य वृद्धि गरिरहँदा सरकारी संस्थाले भने भाउ बढाउन नपरेको बताएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले अझै आफूहरुले बिक्री गर्ने समानमा मूल्यवृद्धि नगरेको प्रष्ट पारेको छ । कर्पाेरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाका अनुसार अहिले स्टकमा १ लाख २७ हजार ४६३ मेट्रिक टन नुन छ । यो स्टकले ६ महिनाभन्दा बढी थेग्छ । यसमा कुनै पनि मूल्यवृद्धि हुनेछैन । साल्ट टेड्रिङको काठमाडौँ कार्यालय अन्तर्गत चिनी अहिले स्टकमा ६ हजार ४४३ क्विन्टल रहेको छ । यो स्टकमा मूल्यवृद्धि भएको छैन र पुरानै मूल्यमा बिक्री भइरहेको छ । बजारबाट साल्ट ट्रेडिङले खरिद गरेर ल्याउने खाद्यवस्तुहरुमा मूल्यवृद्धि भए आगामी दिनमा भाउ बढ्ने सम्भावना रहेको उनी स्वीकार्छन् ।

सरकारले बढायो अनुगमन

बजारमा दैनिक उपभोग्य वस्तुसहित निजी कम्पनीहरुले ग्यास अभाव गरेपछि सरकारले अनुगमन बढाएको अधिकारीहरुले बताएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नरहरि तिवारीले दाल, चामल, तेलमा मूल्यवृद्धि गरेको गुनासोपछि अनुगमन बढाइएको बताए । उनले बजारमा कुनै पनि वस्तुको सहज आपूर्ति र सोको व्यवस्थापन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लागिपरिरहेको बताउँदै उपभोक्ताले वस्तुहरु सहजरुपमा पाएको अवस्था छ वा छैन भन्ने सन्दर्भमा अनुगमन बढाइएको जानकारी दिए ।

उपभोक्ताहरूमा भने चुनावपछि महँगी झनै बढ्ने त्रास छ । चुनावमा बजारमा ठूलो मात्रामा ‘अनौपचारिक पैसा’ प्रवाह हुने भएकाले बजारमा तरलता बढ्छ र वस्तुको माग बढी हुँदा मूल्य वृद्धि (मुद्रास्फिति) हुने गर्दछ । चुनावका बेला राजनीतिक दलहरूले उद्योगी–व्यापारीबाट ‘चन्दा’ असुल्ने गर्नाले समेत व्यापारीहरूले उक्त चन्दाको भार वस्तुको मूल्य बढाएर उपभोक्ताबाटै असुल गर्छन् । चुनावपछि बन्ने नयाँ सरकार तथा राजनीतिक वातावरण र आगामी बजेट, कर नीति र आर्थिक योजना कस्तो हुने भन्ने कुराले पनि बजार र आर्थिक गतिविधिलाई प्रभाव पार्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।