२०८२ चैत्र २३ सोमबार
२०८२ चैत्र २३ सोमबार

बाँके माघ २९ गते ।
चुनावी माहोल तातिँदै जाँदा बाँके–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यसैबीच, कमरुद्दिन राईले घरदैलो अभियानलाई अझ सशक्त बनाउँदै जनताको विश्वास जित्ने प्रयास जारी राखेका छन्।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राई यतिबेला बाँके क्षेत्र नम्बर २ मा घरदैलो अभियानमा व्यस्त छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट उम्मेदवारी दिएका राईले चुनावी अभियानलाई जनतासँग प्रत्यक्ष भेटघाट र संवादमार्फत अघि बढाइरहेका छन्। आज उनले नेपालगन्ज उपमहानगरपालिका–६ फुल्टेक्रा र बुल्बुलिया १३ का विभिन्न टोलमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गरे । घर–घर पुगेर उनले स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे चासोपूर्वक सुने।

रोजगारी, स्वास्थ्य सेवा र शिक्षाजस्ता आधारभूत विषयहरु स्थानीयले प्रमुख मुद्दाका रुपमा उठाएका थिए। घरदैलोको क्रममा राईले आफू निर्वाचित भए स्थानीय मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। “जनताको विश्वास नै मेरो शक्ति हो। यहाँका समस्याहरुलाई संघीय संसदसम्म पुर्‍याएर समाधानका लागि पहल गर्नेछु,” उनले भने। स्थानीय बासिन्दाहरुले पनि राईको सरल व्यवहार र प्रत्यक्ष संवाद शैलीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। कतिपयले विकास र समावेशीताको मुद्दा उठाउने उम्मेदवार आवश्यक रहेको बताउँदै सहयोग र समर्थनको विश्वास दिलाएका छन्।

ग्दी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि बिहीबारदेखि हटेको छ ।

धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको जलविद्युत आयोजनाका कारण दरवाङ– दाङखोला– धारापानी– ताकम– मुना– लुलाङ– गुर्जा सडक अन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमाना दाङ खोलामा ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि पुल निर्माण सुरु नभएपछि आन्दोलनमा उत्रिएका धवलागिरि गाउँपालिकाका बासिन्दाले गत पुस २५ गतेदेखि आयोजना निर्माण बन्द गराएका थिए ।Watch On

स्थानीयवासीको माग अनुसार चालु आर्थिक वर्ष भित्रनै मोटरे बल पुल निर्माण सुरु हुने सुनिश्चितता भएकाले आन्दोलनमा सहभागी राजनीतिक दल र स्थानीय अगुवासँगको परामर्शमा आन्दोलन फिर्ता लिने र जलविद्युत् आयोजना निर्माण कार्य सुचारु गराउन सहयोग गर्ने निर्णय भएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।

धौलागिरि कालिका हाइड्रोका प्रबन्ध निर्देशक हर्कमान मगरले कानुनी प्रक्रिया पूरा गरेर जति सक्दो छिटो पुल निर्माण सुरु र सम्पन्न गरिने प्रतिबद्धता जनाए । दाङ खोलामा पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच विसं २०७६ जेठ २२ गते रु एक करोड ९३ लाख २९ हजार ४५७ मा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७७ जेठ २० गते सम्पन्न गर्ने लक्ष्य राखिएको १८ मिटर लामो मोटरेवल निर्माण कार्य सुरु गर्ने तयारी भएको अवस्थामा दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने हुँदा प्रस्ताव गरिएको भन्दा दुई सय मिटरमाथि पुल बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने र सरकारी निकायबाट पुल नबनेको अवस्थामा आयोजनाले नै पुल बनाउने सहमति भएको थियो ।

जलविद्युत् आयोजनाले समयमा काम गर्न नदिएको लगायतका कारण देखाएर निर्माण व्यवसायी अदालत जाँदा पुल निर्माण सुरु हुन नसकेकाले दबाबका लागि पुल निर्माण सुरु नहुँदासम्म जलविद्युत् आयोजना निर्माण कार्य बन्द गराएका थिए ।

विसं २०७५ मा दाङ खोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी मोटेरबल पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ ।

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेद्वारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम आगामी फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी एकप्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आयोगको माघ २७ गतेको निर्णय अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई शाखा अधिकृत (कानुन) अरुण अधिकारीले पत्राचार गरेका हुन ।

आयोगले सबै प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई प्राप्त घोषणापत्रको अभिलेख राखी विवरण आयोगमा पठाउन पत्राचार गरेको हो । यसैगरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन पनि आयोगले आह्वान गरिएको पत्रमा उल्लेख छ ।

आयोगले यसअघि नै सबै राजनीतिक दललाई पनि फागुन ३ गतेभित्र दलीय निर्वाचन घोषणापत्र सार्वजनिक गर्न पत्राचार गरेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।