२०८२ चैत्र २३ सोमबार
२०८२ चैत्र २३ सोमबार

बाँके माघ २५ गते ।
बाँके निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राईले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। जनताको घरदैलोमै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने अभियानलाई प्राथमिकता दिँदै उनी आज नेपालगन्ज पमहानगरपालिका वडा नं.२१ बिर्ता पुगे। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार राईले स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरुको समस्या, सुझाव र अपेक्षा सुन्ने अवसर पाए। बिर्ता क्षेत्रका बासिन्दा उम्मेदवार राईलाई स्वागत गर्न पाउँदा उत्साहित देखिएका थिए। बस्ती–बस्तीमा राई पुग्दा युवादेखि वृद्धवृद्धासम्मको सक्रिय सहभागिता देखिदा चुनावी माहोल तातेको स्पष्ट देख्न सकिन्थ्यो ।


मतदाताहरुले रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सामाजिक सुरक्षासँग सम्बन्धित विभिन्न समस्या खुलस्त रुपमा राखेका थिए। उनीहरुले स्थानीयस्तरमा देखिएका चुनौती समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। मतदाताका जिज्ञासा र सुझाव सुन्दै उम्मेदवार राईले आफू जनताको प्रतिनिधिका रुपमा संसदसम्म जनआवाज पु¥याउन प्रतिबद्ध रहेको बताए। “जनताको विश्वास र साथ नै मेरो शक्ति हो। यहाँ उठाइएका समस्या र अपेक्षालाई नीति निर्माण तहसम्म पु¥याउने मेरो मुख्य लक्ष्य हो,” उनले भने। घरदैलो अभियानकै क्रममा ९३ वर्षीया एक वृद्ध आमासँगको भेट विशेष भावनात्मक बनेको थियो। वृद्ध आमाले उम्मेदवार राईलाई आशीर्वाद दिँदै, “जानुस्, तपाईंको मेरो शुभकामना छ,” भन्दै शुभेच्छा व्यक्त गरेकी थिइन्। वृद्धाबाट पाएको आशीर्वादले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको उम्मेदवार राईले प्रतिक्रिया दिएका छन्।

यस अभियानले ग्रामीण क्षेत्रसम्म चुनावी गतिविधि फैलिँदै गएको देखिएको छ। जसपाका नेता राजन राना मगरका अनुसार ग्रामीण क्षेत्रमा जसपाप्रति जनलहर बढ्दै गएको छ। उनले जनताको सक्रिय सहभागिता र उत्साहले पार्टीको पक्षमा सकारात्मक वातावरण सिर्जना भएको दाबी गरे। चुनावी माहोल नजिकिँदै जाँदा उम्मेदवारहरू जनताको घरदैलोमै पुगेर मतदाता मन जित्ने प्रयासमा जुटेका छन्।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छन् ।

महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन सुझाव दिएकी हुन ।

प्रधानमन्त्री कार्कीले भनिन्, “यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्नुहोस् ।”

निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत भएको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढङ्गबाट सम्पादन गर्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारेकी थिइन ।

जनतालाई सुरक्षाको प्रत्याभूति दिँदा तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न आग्रह गर्दै उनले अन्य निकायसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइन ।

नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिहरूको सहभागिता रहेको उक्त बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गर्दै समग्र सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी गराएका थिए । बैठकमा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझाव प्रस्तुत गर्नाका साथै समसामयिक विषयमा छलफल गर्ने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

काठमाडौँ । आम निर्वाचन नजिकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आक्रामक रुपमा मैदान उत्रिएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह यतिबेला चुनावी मैदानमै खटिरहेका छन् । सभापति रवि अहिले आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवनको कार्यक्रम सकेर रुपन्देही पुगेका छन् । रविले आज एकैदिन रुपन्देहीका ५ निर्वाचन क्षेत्रका मतदाता भेटे । बिहान ८ बजेदेखि मतदाता भेटघाटको कार्यक्रम थालेका उनी साँझसम्म नै रुपन्देहीमा रहने कार्यक्रम छ । मतदाताहरुसँगको भेटमा रविले आगामी निर्वाचनमा देशले जित्नेगरीको मत प्रकट गर्न आग्रह गरिरहेका छ् । उनी पटक पटक नेता र पार्टीले जितेको भन्दै आगामी निर्वाचनमा भने रास्वपालाई भोट दिएर देशलाई जिताउन आग्रह गरिरहेका छन् ।

केही समय अस्वस्थ भएर अस्पताल बसेका रवि अब भने आक्रामक रुपमै देशव्यापी चुनावी अभियानमा दौडिएका छन् । रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् ।  उनले सोमबार नै  सबै क्षेत्रका लागि २६ स्थानमा कार्यक्रम गरे । सोमबारको यो कार्यक्रम सकेर रवि कपिलवस्तुतर्फ लाग्ने कार्यतालिका छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।