२०८२ चैत्र २३ सोमबार
२०८२ चैत्र २३ सोमबार
  1. बाँके माघ २१ गते ।
    बाँके क्षेत्र नम्बर २ का जसपा नेपाल उम्मेदवार कमरुद्दिन राईको चेहरा हँसिलो हुँदै गएको छ । मतदातासँगको भेटघाट तथा अन्तरक्रियाको क्रममा मतदाताले उनलाई साथ दिएपछि उनको चेहरा दिन प्रतिदिन हँसिलो हुँदै गएको हो ।

मतदाता भेटघाट तथा छलफलका लागि बुधवार नेपालगन्ज उपमहानगरपालिका अन्तरगत त्रिवेणीमोड, सुनार मन्डी, पानी टंकी, बागेश्वरी मन्दिर लगायत क्षेत्रमा पुगेका राईलाई मतदाताले न्यानो स्वागतका साथै आशिर्वाद दिए । ‘मतदाताको माया, स्नेह, सद्भाव र आतिथ्यताले हामीलाई हौसला मिलेको छ,’ जसपा नेपालका नेता कौशल कुमार धोवीले भने, ‘हामी पुगेको ठाउँमा अहिलेसम्म निराश बन्न परेको छैन ।’

कमरुद्दिनले नेपालगन्ज र डुडुवाका धेरै मतदातालाई भेटेर अन्तरक्रिया गरिसकेका छन् । नेपालगन्ज उपमहानगरको उपमेयर भएका बेला समेत घर घरमा पुगेका उनी संसदिय निर्वाचनमा उम्मेदवार बनेपछि मतदाता भेटघाटलाई झनै तिव्रता दिएका छन् । ‘हामी निरन्तर भेटघाटमा छौँ । हामी जान नसकेको ठाउँबाट किन नआएको भन्ने गुनासो आउँछ । हामीलाई मतदाताले आफै फोन गरेर बोलाउँछन्,’ जसपा नेता राजनराना मगरले भने ।

नेपालगन्जको उपमेयर हुँदा जनताको काम गरेका कारण कमरुद्दिनलाई सांसदको निर्वाचनमा सहज भएको छ । थोरै बोल्ने, काम धेरै गर्ने स्वभावका उनी नेपालगन्जमा लोकप्रिय मानिन्छन् । ‘इस बार कमरुद्दिनका भोट दिया जाई,’ नेपालगन्ज सुनार मन्डीका बिजय गुप्ताले भने, ‘पुरानेका काम और ब्यवहार देख चुकेँ । इस बार नवाका भोट दिया जाइ ।

मधेसबादी दलबाट उठेका कारण पनि कमरुद्धिनको पल्ला भारी भएको हो । मधेसको मुद्धा अन्य दल नभएकोले मधेसी र मुस्लिम समुदायमा उनको पकड राम्रो भएको विश्लेषण गरिएको छ । ‘मधेसी, मुस्लिमको आवाज बोल्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छौँ,’ त्रिवेणी मोडमा भेटिएका एक मतदाताले भने, ‘मधेसी र मुस्लिमको अधिकारका लागि नबोल्नेलाई यसपाली बाई बाई गर्नु पर्छ ।’

मतदाताले देखाएको सौहार्दताले आत्मवल बढेको जसपा नेपालका उम्मेदवार राईले बताए । उनले मधेसी, मुस्लिममात्र नभई अन्य समुदायका मतदाताले समेत माया गरेको बताए । ‘मतदाताले हामीलाई सोँचेभन्दा धेरै साथ दिनु भएको छ । यसले हामीलाई हौसला मिलेको छ,’ उनले भने ।

सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा मतदाताहरूले ’नो भोटङ्गि’ अभियान सुरु गरेका छन् । जनताका मागमा नेताहरु प्रतिबद्ध नबनेको भन्दै ममतदाताले आसन्न चुनावमा मतदान नगर्ने भन्दै अभियान नै चलाउन थालेका छन् । 

मतदाताले नै प्रमुख समस्यालाई मागको रुपमा राख्दै उनीहरुले निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा ब्यानर झुण्डाएर ’नो भोट’ अभियान चलाएका छन् । 

जेनजी आन्दोलनपछि मुलुकका लागि नयाँ नेतृत्व चयन गर्न भन्दै युवामा उत्साह बढेको छ । तर, सप्तरीको निर्वाचन क्षेत्र नम्बर–१ को एक गाउँका मतदाताहरू भोटिङ्ग नगर्ने अडानमा छन् । यस क्षेत्रको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवा टोलका मतदाताहरूले ’नो भोटिङ्ग’ अभियान चलाएका छन् । 

टोलका विभिन्न ठाउँ र मुख्य सडकमा ब्यानर झुण्ड्याउँदै उनीहरुले नो भोटको अभियान चलाएका हुन् । मतदाताको समस्यामा नेताहरु सैवेदनशिल नबनेको आरोपसहित उनीहरुले नो भोट अभियान चलाएर आफ्ना माग उठाइरहेका छन् । 

कोशी तटबन्ध निर्माणले २०२० सालमा बस्ती विस्थापित भएपछि बसोबास गर्दै आएको ठाउँको लालपुर्जा हालसम्म प्राप्त गर्न नसकेको उनीहरू गुनासो छ । तटबन्धको छेउमा बसोबास गर्दै आएकोले बाढीको जोखिम पनि उच्च रहने गरेको हुँदा तटबन्ध मर्मतको माग पनि उनीहरुले राखेका छन् । 

स्थानीयका अनुसार सात सय बिघा क्षेत्रमा फैलिएको सो बस्ती अझै पनि लालपुर्जाविहीन रहेकोले समस्या बल्झिदै आएको छ । २०२० सालदेखि लालपुर्जाविहीन जग्गामा बस्दै आएका उनीहरुलाई संविधानले पनि आवासबिहीनताको कल्पना गरेको छैन् । राज्यले चाहेमा नागरिकलाई आवासको सुविधासहित जमिनको समुचित वितरण गर्नुपर्ने हुन्छ । लालपुर्जा नभएकोले व्यापार व्यवसायका लागि ऋणदेखि कुनै पनि काम गर्नबाट स्थानीय बञ्चित भइरहेका छन् ।

चुनावको मुखमा नेताहरुले अनेक बाँचा गर्ने गरेपनि व्यवहारमा कसैले पनि समस्या समाधान गर्न ध्यान नदिदा मतदाता आक्रोशित मात्रै बनेका छैनन्, नो भोटको अभियान नै चलाउन बाध्य बनेका छन् । संविधानले नै आवासको सुविधाबाट नागरिकलाई बञ्चित गर्न पाइदैन भनेपनि लालपुर्जाबिहीन बनेका नागरिकलाई कसले जग्गाको स्वामित्व दिलाउन सघाउला ? यो चुनावको सम्मुखमा प्रमुख विषय बनेको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०९:११

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।