२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

  दिनेश सिटौलाको निधन चुनावी यात्राका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै अछाम पुगेका बेलाभएको छ । ग्रान्डी अस्पतालले विज्ञप्ति जारी गर्दै आइतबार १२: ४५ बजे सिटौलाको निधन भएको जनाएको छ ।

गत शुक्रबार बिहान मंगलसेन नगरपालिका–४ बाँगापाटामा अचानक अचेत भएका सिटौलालाई सुरुमा जिल्ला अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नहुने भएपछि नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंको ग्रान्डी अस्पतालमा पुर्‍याइएको थियो ।

शुक्रबार बिहान ९ बजे सदरमुकाम मंगलसेनको बीचबजारस्थित पार्टी कार्यालयमा बालेन पुग्ने तय थियो । त्यसैले रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरू त्यहाँ जम्मा भइरहेका थिए । तर बालेनको टोली भने पार्टी कार्यालय कटेर सोझै जिल्ला अस्पतालतर्फ मोडियो । किनकि भ्रमण टोलीमा रहेका सिटौला शुक्रबार बिहान मंगलसेन नगरपालिका–४ बाँगापाटामा अचानक अचेत भएको भन्दै उनलाई जिल्ला अस्पताल अछाम पुर्‍याइएको थियो ।

काठमाडौंको टोखा निवासी सिटौला बालेनको टोली सदस्यका रूपमा अछाम पुगेका थिए ।

जिल्ला अस्पताल अछामका प्रमुख डा. कमलेश यादवका अनुसार सिटौलालाई अस्पताल ल्याउँदा अवस्था गम्भीर थियो । ‘उहाँ अस्पताल आइपुग्दा अचेत अवस्थामा हुनुहुन्थ्यो । रक्तचाप थिएन, शरीर चिसो भइसकेको थियो र श्वासप्रश्वाससमेत चलिरहेको थिएन,’ डा. यादवले भने, ‘सिटी स्क्यान गरेपछि मात्र यकिन गर्न सकिन्थ्यो । टाउकामा चोट लागेर रगत जमेको आशंका देखियो। जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले रिफर गर्नुपर्‍यो ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।