२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

धनगढी । कैलालीको धनगढीमा ओम्नी ग्लोबल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले आफ्नो शाखा सञ्चालनमा ल्याएको छ।
शाखाको सोमबार कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. लोकबहादुर बिष्टले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्राध्यापक डा.बिष्टले पछिल्लो समय कन्सल्टेन्सीहरु कमाई खाने माध्यम बनिरहेका बताउँदै ओम्नी ग्लोबल कन्सल्टेन्सी सेवामूलक बन्ने विश्वास व्यक्त गरे ।
उनले भने ‘अध्यनरत विद्यार्थीको आय आर्जनसँगै सुनौलो भविष्यको लागि पनि यो कन्सल्टेन्सले आफ्नो जिम्मेवारी पूरा गरोस् ।’
कन्सल्टेन्सीमा जापानीज, कोरियन र अङ्ग्रेजी भाषा दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा पठनपाठन गराइने कन्सल्टेन्सीका प्रबन्धक निर्देशक रविन्द्रकुमार देउवाले जानकारी दिए।
उनले २०७५ सालदेखि काठमाडौँमा सञ्चालन हुँदै आएको कन्सल्टेन्सीले धनगढीबाट पनि सेवा दिने उद्देश्यले सुरु गरिएको बताए ।
प्रबन्ध निर्देशक देउवाका अनुसार जापान र कोरियालगायतका देशमा अध्ययन तथा रोजगारीका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी सेवा प्रदान गरिने छ ।
जापानमा काम गरिसकेका अनुभवी प्रशिक्षकबाट कक्षा सञ्चालन गरिने उनको भनाइ छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।