
बझाङ– बझाङको तल्कोट गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
आज बिहान करिब ४ बजे दाँतोलाबाट खौला बजारतर्फ जाँदै गरेको सुप प्र ०१–००२ त ४८३० नम्बरको ट्याक्टर तल्कोट–५ भक्तपुर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
दुर्घटनामा परि तल्कोट–४ उपरकोटका विकास सिंहको मृत्यु भएको छ। सोही वडाका ३० वर्षीय खगेन्द्र खत्री, भुपेन्द्र सिंह, अभिषेक सिंह तथा तल्कोट–५ का लोकेश मल्ल घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल खप्तडछानामा लगिएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक खगेन्द्र धमालाका अनुसार सडकमा अनियन्त्रित भएर ट्याक्टर करिब ५० मिटर तल खसेको हो।





