
बझाङ्ग – बझाङको बुङ्गल नगरपालिका पछिल्ला केही वर्षयता विकास निर्माणका कार्यहरू अगाडि बढाएको देखिए पनि अहिले यो नगरपालिका भ्रष्टाचार, घुसकाण्ड, योजना दुरुपयोग र पारदर्शिताको अभावको कारण चर्चामा छ।
जनप्रतिनिधिहरूमाथि भ्रष्टाचारको आरोप
स्थानीय तहको चुनावपछि जनप्रतिनिधिहरूबाट जनताको अपेक्षा उच्च थियो। तर बुङ्गल नगरपालिकाका केही वडाध्यक्षदेखि नगर प्रमुखसम्मकै संलग्नता रहेको घुस लेनदेन, मिलेमतोमा ठेक्का बाँडफाँट, योजना फर्जी रूपमा पास गर्ने र अनुगमन नगरी भुक्तानी दिने जस्ता गतिविधि स्थानीय बासिन्दाले खुलेरै आरोप लगाएका बुङ्गल नगरपालिका ४ का एक स्थानीय युवा सुनिल कुन्वर भन्छन्, “यहाँ अब विकास होइन, कमिसनको लुटतन्त्र चलेको छ। जनप्रतिनिधि र कर्मचारीहरू मिलेर योजना बेचबिखन गर्दैछन्।”
घुसकाण्डका उदाहरणहरू
पछिल्लो समय नगरपालिकामा नगरप्रमुख जय बहादुर धामि को नै २ / २ वटा घुसकान्डका अडियो नै सार्वजनिक भएका छन । भर्खरै सम्पन्न गत साउन ७ को आर्थिक बर्स २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम मा प्रस्तुत गरिएका जनताको प्रतिबेदन हरुनै हेर्ने हो भने कतिपय कामहरु वा कुनै योजना पास गर्न १० देखि ३० प्रतिशतसम्म कमिसन नदिएसम्म पास नहुने, वडास्तरमा आफन्त र निकट ठेकेदारलाई मात्र योजना दिने, तथा काम नगरेका योजनामा समेत भुक्तानी भएको खबरहरू बाहिर आएका आएका थिए ।
स्थानीय सञ्चार माध्यमहरूले समेत यस्ता गतिविधिको निरन्तरता र जनगुनासोलाई उजागर गर्दै आएका छन्। तथापि, अहिलेसम्म ठोस छानबिन र कारबाही भने भएको देखिँदैन।
पूर्वाधार निर्माणमा मिलेमतो
नगरपालिकामा धेरै वटा राम्रा कामहरु भएका पछिल्ला बर्श हरु लाई हेर्ने हो भने भने जति नभए पनि स्वास्थ्य भवन , आफ्नै नगरपालिका भवन , कतिपय ठाउमा अत्याबस्यक पुर्वाधारहरु समेत बनेका छन तैपनि कयौँ योजनाहरू कागजमै सम्पन्न देखाएर भुक्तानी लिइएको, धेरैजसो सडकहरू गुणस्तरहिन र अपूरो अवस्थामा रहेका छन्। खानेपानी योजना अधुरा छन्, बिजुलि बत्ती जडान कार्यमा समेत लापरवाही र ढिलासुस्ति देखिएको छ।
शिक्षा र स्वास्थ्यमा पनि असर
छिटो गरि बिध्यालय मर्ज भए पनि समयमै दरबन्दि मिलान नहुदा र मन परि शिक्षक सरुवा गराउदा अनि बिशेषज्ञ डाक्टर , एक्सरे , भिडियो एक्सरे जस्तै थुप्रै शिर्षकमा रकम बिनियोजित भए पनि बिशेषज्ञ डाक्टरको समयमै भर्ना देखि लिएर यि मेसिनहरुको समेत पुर्ति नहुदा शिक्षा र स्वास्थ्य क्षेत्र पनि अनियमितताको मारमा परेका छन्। कतिपय विद्यालयको भवनमा अत्यन्तै न्यून गुणस्तरको निर्माण सामग्री प्रयोग भएको देखिएको छ। स्वास्थ्य चौकीहरूमा औषधि अभाव, उपकरण नहुनु र कर्मचारीहरूको गैरहाजिरीले सेवाग्राही मर्कामा परेका छन्।
आन्तरिक राजनीति र गुटबन्दी
नगरपालिकामा आन्तरिक राजनीति, गुटबन्दी र वर्चस्वका लागि हुने प्रतिस्पर्धाले सेवा प्रवाहमा प्रत्यक्ष असर परेको स्थानीय बासिन्दाको भनाइ छ। योजनाको छनोटभन्दा पनि कसको मान्छे भन्ने आधारमा बजेट वितरण गरिएको छ।
नगर प्रमुख र वडाध्यक्षहरू मौन
यी सबै आरोप र जनगुनासोहरूका बाबजुद पनि नगर प्रमुख जय बहादुर धामि , उप प्रमुख धन बहादुर बोहरा तथा सम्बन्धित वडाध्यक्षहरू मौन बसेका छन्। केही वडाहरूमा त जनप्रतिनिधिहरू काममा नियमितसमेत नरहेको भन्दै जनताले गुनासो गरेका छन् ।
सार्वजनिक सुनुवाई कार्यक्रमलाई आधार मान्ने हो भने अहिले को नेतृत्व र जनप्रतिनिधि देखि कर्मचारी गरि समग्र नगरपालिका प्रति जनबिस्वास जम्मा ३० प्रतिशत मात्रै पाइन्छ । नगरपालिकाको तर्फबाट प्रमुख बक्ताको रुपमा रहनु भएका नगरप्रमुख जय बहादुर धामिले आफ्ना कमि कमजोरिलाई स्विकार गर्दै अब केहि नराम्रा गुनासो हरु सुन्न आएमा जनतालाई दोश नदिएर अहिले को नेतृत्वलाई दोश दिने र नगरपालिका का सकरात्मक पक्षहरुलाई मात्रै हेर्दै अब को समय जनसेवा र जनभावनाका कामहरु मा आफु लागि पर्ने बताएका छन ।





