२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । अपराह्न चार बजे बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची तय भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभामा नीति तथा कार्यक्रम पेश हुनुपूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने प्रावधान छ ।

नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्न मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । राति ११ बजेसम्म मन्त्रिपरिषद् बैठक चले पनि नीति तथा कार्यक्रमको मस्यौदामा केही कुरा संशोधन गर्नुपर्ने भएकाले स्वीकृत भएको छैन ।

मुख्यमन्क्री शाहले नीति तथा कार्यत्रमलाई अन्तिम रुप लिएर प्रदेश सभा बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएर स्वीकृत गर्ने तयारी गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।