२०८२ चैत्र २३ सोमबार
२०८२ चैत्र २३ सोमबार

बझाङ्ग – माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका छन् ।

यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा एकघण्टा पछि सारिएको छ ।

एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमानको आधारमा १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने तयारी छ ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार, पहिले ११ बजे नै भक्तपुरबाट हिँड्ने गरी तालिका बनाइएकोमा अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने भन्ने तय भएको छ ।

‘एसईई परीक्षाका कारण स्कुल बसहरुलाई असहज नहोस् भन्ने हिसाबले साढे ११ बजे भेला भएर भक्तपुरबाट १२ बजेबाट हिँड्ने गरी व्यवस्थापन गरेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि भक्तपुर तिनकुने हुँदै चाबहिल, गोंगबु लगायतका क्षेत्रमा प्रदर्शन हुन्छ ।’

समितिले तिनकुनेमा सभा राखेको छ । समितिका संयोजक नवराज सुवेदीले आइतबार पत्रकार सम्मेलन गरेर शुक्रबारदेखि हुने प्रदर्शनको मुख्य उद्देश्य संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण भएको बताएका थिए ।

त्यसका लागि उनले नेपाल ऋषिको उपाधि प्राप्त डा. जगमान गुरुङको नेतृत्वमा सल्लाहकार समिति र राप्रपा सांसद् धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति घोषणा गरेका थिए । त्यसमा देशभरबाट १ हजार १११ जना सदस्इ रहेको भनिएको छ । समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको भनिएको छ ।

शुक्रबारै गणतन्त्रको पक्षमा नेकपा माओवादी केन्द्र समेतका दलहरु रहेको समाजवादी मोर्चाले समेत शक्ति प्रदर्शन गर्दैछ । उनीहरुका लागि भृकुटीमण्डपमा सभा गर्ने स्थान तोकिएको छ ।

बझाङ्गकाठमाडौं महानगरभित्र एसइई दिने विद्यार्थीहरूलाई फर्कनका लागि सवारी साधन उपलब्ध नभए महानगरले सहयोग गर्ने भएको छ।

शुक्रबार काठमाडौंका दुई ठाउँमा छुट्टाछुट्टै समूहले प्रदर्शन गर्दैछन्। त्यसले बिहान ११ बजेदेखि सवारी आवागमन प्रभावित हुने भएपछि महानगरले एसइईका विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने भएको हो।

 महानगरले सवारी साधन उपलब्ध नभएर गन्तव्यवमा पुग्न नसक्ने परीक्षार्थीहरूले सम्पर्क गर्न भनेर महानगर प्रहरी बलका चार जनालाई सम्पर्क व्यक्ति तोकेको छ।

बानेश्वर क्षेत्रका विद्यार्थीले नगरप्रहरी उपरीक्षक कुमार अर्याललाई ९८५१०६८०९६ मा सम्पर्क गर्न सक्नेछन्। त्यस्तै रत्नपार्क क्षेत्रका विद्यार्थीहरूले नगरप्रहरी उपरीक्षक मनोज प्रसाद लामिछानेलाई ९८५१०९३१७६ मा, नयाँ बसपार्क क्षेत्रकाले नगरप्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टलाई ९८५१२३३६३३ नम्बरमा र टेकु क्षेत्रमा नगरप्रहरी निरीक्षक प्रकाश पण्डितलाई ९८५१०५६३४६ नम्बरमा सम्पर्क गर्न सक्ने महानगर प्रहरी बलले जनाएको छ।

त्यस्तै हटलाइन सेवा ०१५९०१७६४ र ९८५१३५६५०९ नम्बरमा पनि त्यस्ता विद्यार्थीहरूले सम्पर्क गर्न सक्नेछन्।

दुई स्थानमा हुने प्रदर्शनका लागि शुक्रबार बिहानैदेखि काठमाडौंका विभिन्न सडकमा ट्राफिक डाइभर्सन गरिएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।