
बझाङ्ग – डडेल्धुरामाा श्रीमतीलाई गोली हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
हिजो (सोमबार) साँझ १६ः३० बजेको समयमा जिल्लाको अमरगढी नगरपालिका–३ पथरोडाका ३२ वर्षीय डम्बरबहादुर थापा मगरले मादक पदार्थ सेवन गरेर आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका हुन्। घरायसी वादविवाद हुँदा आफ्नै घर आगनमा उनले २४ वर्षीया श्रीमती अस्मिता थापा मगरलाई एकनाले भरुवा बन्दुकले छातीमा गोली हानीका थिए। त्यसपछि अस्मिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्रहरीले प्राप्त गरेको थियो।
श्रीमतीलाई गोली हानेर हत्या गरेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित भाग्दै गरेको अवस्थामा डम्बरबहादुर थापा मगरलाई नियन्त्रणमा लिएर भरुवा बन्दुकसमेत बरामद गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
कबिन्द्र सिङ्ह / कैलालि – राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ ।
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताअन्तर्गत पहिलो दिन दुई खेलहरू हुँदैछन् । पहिलो खेल विहान ९ बजे सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशको बीचमा हुनेछ । त्यसैगरी दोस्रो खेल दिउँसो १ बजे कर्णाली प्रदेश र एपीएफको बीचमा हुनेछ ।
प्रतियोगिता माघ १२ गतेसम्म हुनेछ । प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय टोली गरी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस पटक त्रिभुवन आर्मीको महिला टिमले पनि खेल्दैछ ।
सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, एपीएफ र सुदूरपश्चिम प्रदेश समूह ए मा छ भने कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब समूह बी मा छन् ।
दुवै समूहको शीर्ष दुई टोली सुपर फोर राउण्डमा प्रवेश गर्नेछन् । जहाँ समूह ए को शीर्ष दुई टोलीले समूह बी का शीर्ष दुई टोलीसँग खेल्नेछन् ।
सुपर फोरमा एकै समूहको टोलीबीच भने खेल हुने छैन । सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।





