२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

 बझाङ्ग – बझाङ्गको  केदारस्यु गाउपालिकामा उच्च रक्तस्राबका कारण एक  गर्भवति महिलाको मृत्यु  भएको छ ।मृत्यु हुनेमा जिल्लाको केदारस्यु गाउपालिका वडा नम्बर १ डुडिल बस्ने उमेश बोहराकि  अन्दाजि २१  बर्सिय श्रीमती खिना बोहरा रहेको केदारस्यु गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख अ्म्मर राज बिस्टले जानकारि दिनु भएको छ ।

स्वास्थ्य  शाखा प्रमुख बिस्टका अनुसार मृतक बोहरालाई  आज बिहान अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको थियो ।

 

मृतक बोहराले पटकपटक गरि करिब ८ चोटि स्वास्थ्य चेक जाच गरेको र डाक्टरको परामर्श अनुसार स्वास्थ्यमा समस्या हुन सक्ने भएकाले अस्पतालमा नै प्रसुति सेवा लिनु पर्ने बताईएको भए पनि गर्भवति बोहराले गरमै बच्चालाई जन्म दिएको थियो उक्त बच्चा जन्मिएको केहि समय मै उच्च रक्तश्राव हुन सुरु भएको थियो ।

प्रमुख बिस्टका अनुसार गर्भवति महिलाले ढिलो गरि स्वास्थ्यकर्मिलाई जानकारी दिएका कारण उक्त घटना हुन पुगेको थियो।

बिस्टले भने “सामाजिक सन्जालमा एउटा स्टेचर नपाउदा केदारस्यु गाउँपालिका वडा नंबर १ मा एक महिलाको भ्यो भन्ने खबर फैलिएको छ जुन सत्य हैन्।” उनले भने “डुडिल “धेरै टाढाको ठाउ हैन रायल स्वास्थ्य चौकि देखि करिब १५/२० मिनेटको दुरिमा पर्छ अनि प्रत्येक वडामा एक एक स्टेचर बितरण पनि भएको छ ।”

स्वास्थ्य शाखा प्रमुख बिस्टका अनुसार गर्भवति खिनाको मृत्यु को कारण ढिलासुस्ति र लापरवाहि ले गर्दा भएको हो ।मृतक बोहरालाई हिजो नि ब्यथा लागेको र  उनले घर मै बच्चालाई  जन्म दिएकि थिइन त्यो पछि उनलाई लगातार उच्चश्राव हुन सुरु भएको रहेछ तर हामिलाई ढिला गरि आज बिहान मात्रै खबर भयो हामिले खबर पाउना साथ रायल प्राथमिक स्वास्थ्य चौकि मा अहेव कमल मल्ल र अनमि  जानकि भन्डारि सहित एम्बुलेन्स पठाएको र एम्बुलेन्समा अस्पताल तर्फ ल्याउदाल्याउदै बाटो मै ज्यान गएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।