सडकमा रहेको अन्डर पास छिर्ने सडकमा पर्ने अवैध संरचना भत्काउँदै !

उज्यालो खबर मुख्य खबर

काठमाडौंः काठमाडौं महानगरपालिकाले भोटाहिटीको अण्डर पासमाथि बनेका अवैध संरचना भत्काएको छ । 

 भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेका संरचना महानगरको सुरक्षाकर्मीसहितको टोली आफैं भत्काउन खटेको छ।

महानगरले अवैध संरचना हटाउने अभियान जारी राखेको छ। 

महानगरले यसअघि कोटेश्वर,बानेश्वर, न्युरोडलगायत क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काएको थियो।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अनधिकृत संरचना हटाउन महानगरले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् । बालेनले अनधिकृत निर्माण तथा प्रयोजनको रोकथाम तथा नियन्त्रणका लागि कार्यकारी अधिकार प्रयोग गरेको बताएका हुन् । यो खबर अन्नपूर्ण मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *