
निमोनिया श्वास–प्रश्वास प्रणालीमा लाग्ने एक किसिमको जटिल रोग हो, जसले फोक्सोलाई असर गर्दछ, तर संवेदनशील बच्चाहरुमा संक्रमण साधारण लक्षणबाट शुरु भई, पछि निमोनिया जस्तो जटिल रोग पनि गराउन सक्छ । निमोनिया पाँच वर्ष मुनिका बच्चाहरुको मृत्युको कारण मध्येको एक प्रमुख कारण हो । सही समयमा विशेषज्ञ डाक्टरद्वारा उपचार गराउनले यस बाट हुने जटिलता र मृत्युदर घटाउन सकिन्छ ।

निमोनिया विभिन्न किसिमका किटाणुको संक्रमणबाट हुने गर्दछ–जस्तै बैक्टिरिया, भाइरस, फन्गाई, तर कहिले कहिं बच्चाहरुले अनजानमा तरल पदार्थ वा रसायन (जस्तै ः मट्टीतेल) सर्काउनले पनि निमोनिया हुन सक्दछ ।
निमोनियाको कारणहरुः
निमोनिया विभिन्न तरिकाले हुन सक्दछ । बच्चाको नाक र घाँटीमा पाइने किटाणुहरुले गर्दा पनि फोक्सोलाई असर गरी निमोनिया गराउन सक्छ । ती किंटाणुहरु विशेषगरी खोक्दा वा हाच्छीउ गर्दा हावामा पैmली अरुलाई संक्रमण गराउन सक्दछ ।
लक्षणहरुः
निमोनियामा लक्षणहरु साधारण देखि जटिल सम्म हुने गर्दछ । जस्तैः खोकी, ज्वरो, छिटो–छिटो साँस फेर्ने, साँस फेर्दा गाह्रो हुने, कोखा हान्ने, साँस लिंदा आवाज आउने, खाना रुची नहुने, शरीर काप्ने, लठ्ठ पर्ने ।
कस्ता बच्चाहरु निमोनियाको जोखिममा हुन्छन ?
दुई वर्ष भन्दा मुनिका बच्चाहरु, तौल कम भएका बच्चाहरुमा बढी निमोनिया हुन सक्छ, तर त्यस्ता बच्चाहरु जस्को रोगसँग लड्ने क्षमता कमजोर भएको हुन्छ जस्तै कुपोषणले गर्दा, आमाको दुध प्रशस्तमात्रामा नखाएको बच्चाहरु र आवश्यक सुक्ष्म तत्व जस्तै जिंक अपुग भएकाहरु इत्यादि । ती बच्चाहरु निमोनियाबाट बढी प्रभावित हुन सक्छन् । वातावरणीय प्रभाव जस्तै धेरै परिवार संख्या, बुबा–आमाले धु्रमपान गर्दा र दाउरा वा गुइठामा खाना बनाउँदा आउने धुँवाले पनि बाल–बालिकाहरुमा निमोनिया गराउने प्रमुख कारण मानिन्छ ।

उपचारः
निमोनिया औषधीद्वारा उपचार गर्न सकिन्छ । ती औषधीहरु साधारणतयः अस्पतालबाट बाल रोग विशेषज्ञ चिकित्सकहरुको सल्लाह बमोजिम खुवाउन सकिन्छ ।
रोकथामका उपायहरुः
निमोनियाको उपचार गर्नु भन्दा रोकथामको उपायहरु अपनाई बच्चाहरुलाई बिरामी हुनबाट जोगाउनु नै उचित हुन्छ ।
रोकथामका उपाहरु यस प्रकार छन्ः
साबुन पानीबाट पटक–पटक बच्चाहरुको हात धोइदिने ।
बच्चाहरुको अगाडी धु्रमपान नगर्ने ।
राष्ट्रिय खोप तालिका अनुसार खोपहरु लगाउने ।
उचित आहार खुवाउने, खाद्य तत्वको अभावले बच्चालाई निमोनियाको बिरामी हुने सम्भावना
बढी हुन्छ भने कुपोषणले गर्दा शरीरको रोग प्रतिरोधात्मक शक्ति नै कमजोर गराइ विभिन्न किसिमका रोग लाग्ने सम्भावना बढी हुन्छ ।
स्तनपान गराउने– बच्चाहरुलाई जन्मेको ६ महिना सम्म आमाको दुध नै प्रयाप्त हुने भएकोले ६ महिना सम्म आमाको दुध मात्र खुवाउने र पछि २ वर्ष सम्म आमाको दुध सँगै अरु पौष्टिक तत्व युक्त खाद्यान्न खुवाउने । सुक्ष्म खाद्य तत्वहरु जस्तै : जिंकको पुर्ती गराउने । वातावरणीय जोखिमहरु कम गराउने जस्तै : सर–सफाईमा ध्यान दिने, खोक्दा वा हाच्छीउ गर्दा रुमालले मुख छोप्ने इत्यादि ।
बच्चामा निम्न लक्षणहरु जस्तै : छिटो–छिटो साँस फेर्ने, साँस लिन गाह्रो हुने, कोखा हान्ने, उच्च ज्वरो आउने, बच्चा लोसे हुने, श्वास लिंदा आवाज आउने भएमा बाल विशेषज्ञहरुको सल्लाह बमोजिम उपचार गराउने ।
निमोनियाबाट हुने जटिलताहरुः
रगतमा किटाणुको संक्रमण, फोक्सोमा पानी जम्ने, फोक्सोमा पिप जम्मा हुने ।
बिरामी भएको बेला बच्चालाई घरमा कसरी हेरविचार गर्ने ?
बच्चालाई आराम गराउने । मौसम अनुसार उचित लुगा लगाइदिने ।
प्रशस्तमात्रामा झोल खाने कुराहरु खुवाउने (गेडागुडीको झोल, दाल, पानी) चिकित्सकको सल्लाह अनुसारको औषधी पूर्णरुपले सेवन गराउने ।
( डा. रोमा बोरा नेपालगंज मेडिकल कलेज, नेपालगंजको बालरोग विभागमा एशोसिएट प्रोफेसर पदमा कार्यरत हुनुहुन्छ । )