शकील शाह
प्रत्येक वर्ष पुष महिनामा मेलाको रुपमा लाग्ने बाबाको वार्षिक उत्सव यस वर्ष पनि पुष महिनामा मनाइएको छ ।
बाँके जिल्लाको कम्दी स्थित डुडुवा नजिक लाग्ने मेलाको रुपमा हजरत बाबा कम्बल शाह रहमातुल्लाह अलैहको वार्षिक उत्सव सम्पन्न भएको छ । स्थानीयहरुको भनाई अनुसार वर्षौ पहिला भारतबाट आई बाबाले आप्mनो आश्रम त्यस स्थानमा बनाई बसोबास गर्दै आएका थिए । त्यस बेला त्यो स्थान घना जङ्गलको रुपमा थियो । स्थानीय अनुसार दिन प्रतिदिन विकास हुँदै जाँदा बाबाको स्थान सम्म आवत जावत गर्न पनि पहिला देखि सजिलो भएको मानिन्छ ।

जङ्गलमा बस्दा बाबाको परिपरि जङ्गली जिव जन्तुहरुको बसोबास पनि हुने गर्दथ्यो । ती मध्ये हरियो रङको सर्प सबै भन्दा बढि बाबाको नजिक रहदै आएको मानिन्छ । मेला लाग्दा केही सर्पका जोडाहरु बाबाको समाधी नजिक रहेको मेंहदीको बिरुवामा बसेको देखा पर्थे । हाल आएर बाबाको समाधीलाई फराकिलो गरेपछि त्यो मेंहदीको बिरुवा काटिएको छ । मेंहदीको बिरुवा काटे देखि वरिपरि रहेको रुखको हाँगाहरुमा आएर बस्ने गरेको मेला हेर्न जाने श्रद्धालुहरुको भनाई रहेको छ ।
बाबाले विस्तारै आप्mनो करामात (चमत्कार) देखाए पछि भक्तजनहरु पनि बढ्दै गएको मानिन्छ । पहिला मेला लाग्दा राती बस्न नपाइने स्थिती त्यो तर हाल विस्तारै विकास भएपछि कैयौ वर्ष देखि राती समेत मेला चल्ने गरेको पाईन्छ ।
यसैगरी यस वर्ष पनि पुषको महिनामा मेलाको रुपमा बाबाको वार्षिक उत्सव तीन दिन सम्म मनाइएको छ । विश्वभर पैmलिएको कोरोनालाई मध्ये नजर राख्दै रातीको मेला नलागेको र दिनमा लाग्ने मेलाको कार्यक्रममा कटौती गरी छोटो रुपमा मनाइएको बारे कमिटीका सचिव फरीद हल्वाईले बताए ।

मेलामा मनौती पुरा भएका भक्तजन तथा अन्यहरुले पहिलो दिन गागर, चादर र दोस्रो दिन गागर, चादर र धार्मिक कब्बालीहरु गाउने तथा मेलाको अन्तिम दिन पनि गागर, चादर, कव्वाली हुनुका साथै बाबाको वार्षिक उत्सवको फातिहा (पूजा)को आयोजना गरी समापन गरिने गरिन्छ । उक्त तेस्रो दिनको पूजामा बाँके जिल्लाको विभिन्न स्थानहरुबाट मौलाना, कारी, हाफिज, धार्मिक गीतकार लगायत सर्वसाधारण महिला र पुरुषहरुले विषेश रुपमा भाग लिने गर्दछन् ।
तीन दिन सम्म चल्ने उक्त मेलामा लंगरखानाको पनि व्यवस्था गरिएको हुन्छ । स्थानीयवासी र नेपालगंज बजारबाट चन्दा संकलन गरि लंगरखानामा रोटी र चनाको दाल प्रसादको रुपमा भक्तजनहरुलाई खानको लागि दिने गरिएको छ । तीन दिनको मेलामा पचास हजार भन्दा बढी भक्तनजहरुले रोटी र दाल प्रसादको रुपमा खाने गरेको बारे लंगरखानाका सञ्चालक सद्दन सिद्दीकीले बताउनु भयो ।

वर्षौ देखि एउटा इनार र एउटा हैण्ड पम्पबाट नै तीन दिनको मेलामा पानी धान्ने गरिन्थ्यो । जुनकि धेरै नै कठिनाईको सामना गर्नु पर्दथ्यो । तर यस वर्ष स्थानीय डुडुवा गाउँपालिकाको सहयोगमा पानीको ठूलो ट्याँकी राखी मेला आउनेहरुका लागि पानीको सुलभ व्यवस्था र महिलाहरुको लागि चर्पिको व्यवस्था मिलाइको बारे कमिटीका सचिव फरिद हल्वाईले बताए ।
(तस्वीर ः खबर नेपालगञ्ज)