चितवन : खोलासँगै बगेको लेदोले नारायणघाट मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका- २९ केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
वर्षाका कारण बिहान करिब ६ बजेतिरबाट सडक अवरुद्ध भएको छ।
पहिरो खसेर दुईतर्फी बाटो बन्द हुँदा सवारी जाममा परेका छन् । पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए।
सडक डिभिजनसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको छ।
हरेक वर्ष वर्षात् सुरु भएसँगै यो सडक खण्डमा पहिरो जाँदा यात्रुले सास्ती खेप्दै आएका छन्।
यो सडक भएर यात्रा गर्ने जो कोही यात्रुरुले यात्रा गर्नुअघि नै ‘बन्द बाटो’को सास्ती व्यहोर्न तयार भएर हिँड्नुपर्छ।
यो खबर अन्न्पूर्ण मा छ ।