ओमिक्रोन फैलियो,भारतका २३ राज्यमा, १५२५ जना संक्रमित

उज्यालो खबर मुख्य खबर स्वास्थका कुरा

भारतमा पछिल्लो २४ घन्टामा ९६ नयाँ ओमिक्रोन संक्रमित भेटिएका छन्। यो सँगै कुल ओमिक्रोन संक्रमितको संख्या १५२५ पुगेको छ। 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका २३ राज्यमा ओमिक्रोनको संक्रमण फैलिएको छ। जसमध्ये महाराष्ट्रमा सबैभन्दा बढी ४६० जनामा ओमिक्रोन देखिएको छ भने दिल्लीमा ३५१ जनामा संक्रमण देखिएको छ।

यस्तै तमिलनाडुमा ११७, गुजरातमा १३६ तथा केरलामा १०९ जना ओमिक्रोनका नयाँ संक्रिमत फेला परेका छन्।

यस्तै राजस्थानमा ६९, तेलंगानामा ६७, हरियाणामा ६३, कर्नाटकमा ६४, आन्ध्र प्रदेशमा १७, पश्चिम बंगालमा २०, उडिशामा १४, मध्य प्रदेशमा ९, उत्तर प्रदेश र उत्तराखण्डमा ८-८, चण्डीगढ र जम्मू-कश्मीरमा ३-३, गोवा, हिमाञ्चल प्रदेश, लद्दाख, मणिपुर र पञ्जाबमा एक-एक संक्रमित फेला परेका छन्।

यसअघि डिसेम्बर २ मा पहिलो ओमिक्रोन संक्रमित भेटिएको भारतमा एक महिनामै १५०० भन्दा बढीमा संक्रमण देखिएको छ। 

यो सँगै भारतमा पछिल्लो २४ घन्टामा २८ हजार ४ सय ५८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *