
नेपालमा वयस्क मानिसहरुको अपेक्षामा साना बच्चाहरुलाई जुकाको समस्या सामान्यता बढी देखा परेको चिकित्सक विज्ञहरुको भनाई हरेको छ । जुकाको संक्रमण विशेषगरी सरसफाईमा ध्यान पुर्याइएन भने पेटमा जुका हुने बढी सम्भावना गर्दछ । जुकाको संक्रमण सामान्य भए पनि यसबाट शरीरमा विभिन्न किसिमका नकारात्मक प्रभाव पार्दछ जस्तै जुकाले आन्द्राबाट रगत चुसी खाँदा रक्त अल्पता गराउनुको साथै शारीरिक वृद्धि विकासमा पनि असर पार्दछ । सरसफाईमा ध्यान पुराउनाले यस रोगको संक्रमण धेरै हद सम्म कम गर्न सकिन्छ भन्ने सुझावका साथ आज हाम्रो साथमा हुनु हुन्छ नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगंजको बालरोग विभागमा एशोसिएट प्रोफेसर पदमा कार्यरत डा. रोमा बोरा सँग बच्चाहरुमा जुका संक्रमण हुनुको कारण, लक्ष्ण, शरीरमा हुने असरहरु र रोकथामका लागि के के गरिनु पर्नु सम्बन्धीे कुराकानी ।
जुकाको संक्रमण हुनुका कारणहरु
- खाली (नाङ्गो) खुट्टा, नपखालेको खाने कुरा, राम्रो सँग नपाकेको खाने कुराहरु खानाले र हात नधोई खानाले यसरोगको संक्रमण हुन सक्दछ ।
- विभिन्न किसिमका जुकाहरु पानीको संक्रमित स्रोतहरु जस्तै पोखरी, कुलो, नालामा पाइने गर्दछन, यसर्थ यस्तो पानी खानाले, नुहाउनाले, पौडी खेलनाले जुकाको संक्रमण हुने सक्दछ । संक्रमित व्यक्तिले व्यक्तिगत सरसफाईमा ध्यान नपु¥याएमा यो रोग अरु मानिसहरु सर्न सक्दछ । जस्तै– नंग नकाट्नाले, चर्पी गएपछि राम्रोसँग साबुन पानीले हात नधुनाले आदि ।
लक्ष्मणहरु
- तौल घट्नु
- झिझिने
- भोक नलाग्नु
- पेट दुख्नु वा पेटमा घारो भए जस्तो हुनु
- दिसामा जुका जानु (दिसा साथ जुका आउने)
- रक्त अल्पता हुनु
- वाकवाकी लाग्नु
- मलदारमा चिलाउनु वा दुख्नु
- दिसामा रगत जानु (दिसा साथ रगत आउने)
- बान्ता (उल्टी) हुनु
जुकाले गर्दा शरीरमा देखिने असरहरु
- जुकाले शरीरले रगत चुस्दा यसबाट शरीरमा आवश्यक खाद्य तत्वहरुको कमि भई रक्त अल्पता, कम तौल हुनु जस्तो समस्यहरु देखा पर्दछ । समयमा उपचार गर्नाले यस्ता जोखिम कुराहरु हुनेबाट बचाउन सकिन्छ ।
रोकथाम
- आन्द्रे जुकाको संक्रमण विशेष गरी प्रभावित खाना, पानी सेवन गर्नाले, व्यक्तिगत ध्यान नदिनाले हुनसक्दछ यसर्थ तल उल्लेखित निम्न लिखित बुँदाहरुको पालना गर्नाले जुकाको संक्रमणबाट बच्न सकिन्छ ।
- स्वच्छ पानी र धोइ पखालेको तरकारी फल फूल खाने
- पूर्णरुपमा माछा मासु पकाई खाने
- व्यक्तिगत सरसफाई, जस्तो शौचालय पछि साबुन पानीले हात धुनाले, सदैव नंङ काट्नाले र वातावरणिय सरसफाईमा ध्यान पुर्याउनले जस्तै जथाभावी शौचालय नगर्नाले ।
- जथाभावी बच्चालाई दुषित ताल, पोखरीमा नुहाउन वा पौडी खेल्न नदिनाले ।
- शौचालयको प्रयोग र त्यसको सरसफाईमा ध्यान पुर्याउनले ।
- दुई वा सो भन्दा बढी उमेरका बच्चालाई बाल विशेषज्ञको सल्लाह बमोजिम समय समयमा जुकाको औषधी खुवाउनाले ।