बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, बस खस्यो खोलामा !

काठमाडौंको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार तारकेश्वर नगरपालिका-६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो। बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।  बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी […]

Continue Reading

लिटरमा १० रुपैयाँले घट्यो डिजेल र मट्टीतेलको मूल्य !

२ जेठ, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो […]

Continue Reading

गैंडाको खागसहित तीन जना पक्राउ !

काठमाडौं, २ जेठ ललितपुरबाट प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ। मंगलबार धादिङ घर भई नयाँबजार बस्ने २८ वर्षीय विरेन्द्र तामाङ, चितवन घर भई एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे र २४ वर्षीय युवराज घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । ललितपुर स्टिलटावर चोक नजिक गैंडाको खाग खरिदबिक्री हुँदैछ भनेर प्रहरीले […]

Continue Reading

भरुवा बन्दुकसहित महोत्तरीबाट तीनजना पक्राउ !

३ जेठ, जनकपुरधाम । महोत्तरीबाट दुईथान भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् । वनपथ राष्ट्रिय वन क्षेत्रभित्र शिकार खेल्न गएको बेला मंगलबार साँझ ५ बजे तीन जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेम बहादुर भोलन र ३८ वर्षीय […]

Continue Reading

दाङमा बाढीबाट बस्ती जोगाउन भन्दै खोला थुन्ने प्रयास !

२ जेठ, दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर २ मा वर्षायाममा हुने डुबान नियन्त्रण गर्न भन्दै खोलाको प्राकृतिक बहाव नै रोकिने गरी बाँध बाँधिएको छ । विपद पूर्वतयारीको नाममा कोठरी गाउँबाट करिब डेढ किलोमिटर दक्षिणतर्फ जंगल क्षेत्रमा पर्ने गङ्गरे खोलामा बाँध बाँधेर त्यसको बहाव महदेवा गाउँतर्फ सोझ्याइएको छ । गढवा गाउँपालिकाको विपद व्यवस्थापनको बजेटबाट […]

Continue Reading

मन्त्रीबाट राजीनामा दिएको तीन महिना बित्दा पनि गुप्ताले फिर्ता गरेनन् गाडी !

लुम्बिनी प्रदेशमा केही समय सामाजिक विकासमन्त्री बनेका चन्द्रकेश गुप्ताले राजीनामा दिएको ३ महिना बित्दा पनि सरकारी गाडी फिर्ता गरेका छैनन्। गुप्ता माघ २८ गते तत्कालीन मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री नियुक्त भएका थिए। जनमत पार्टीको तर्फबाट रूपन्देही क्षेत्र नं ५ (२) बाट निर्वाचित सांसद गुप्ताले गत चैत १२ गते मन्त्री पद त्याग्दै सरकारलाई दिएको समर्थन […]

Continue Reading

आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म, मेलम्ची खानेपानी वितरण बन्द हुने !

१ जेठ, काठमाडौं । आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो । उनले भने, ‘वर्षा […]

Continue Reading

बुटवलमा महमा मिसावट गर्ने गिरोह पक्राउ !

लुम्बिनी । बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो । सो गिरोहले घर भाडामा लिएर अखाद्यपदार्थ मिसावट गरी मह उत्पादन गरी बिक्री गर्दै आएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । […]

Continue Reading

रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै, मोरङका एक युवा हाइटेन्सन लाइनमा !

३० वैशाख, विराटनगर । मोरङको बुढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाइनमा चढेका छन् । बुढीगंगा  गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् । सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै उनी आज बिहान ६ बजे हाइटेन्सन लाइनमा चढेका थिए । उनलाई त्यहाँबाट झार्ने प्रयास भइरहेको […]

Continue Reading

न्याय नपाइने हो कि भन्ने चिन्तामा परिवार !

धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका जितबहादुर बयलकोटीले २० वैशाखमा विष सेवन गरे । भोलिपल्ट चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा उनको ज्यान गयो । जितबहादुरका बुबा कृष्णबहादुरका अनुसार कक्षा १२ को परीक्षामा सहभागी हुने तयारीमा रहेका जितबहादुरले अध्ययन गर्ने विद्यालयमा दुई हजार एक सय रुपैयाँ शुल्क तिर्न बाँकी थियो । शुल्कको जोहो गर्न नसकेपछि उनले विद्यालय प्रशासनसँग पछि शुल्क […]

Continue Reading