क्षयरोग एक प्रकारको बच्चाहरुमा देखिने प्राण घातक रोग मध्ये एक हो । यो ब्याक्टेरियाको संक्रमणले हुने गर्दछ, जसले फोक्सोलाई असर पार्दछ । त्यसैगरी यसले आन्द्रा, जोर्नी र शरीरको अन्य अंङ्गहरुमा पनि असर पार्न सक्दछ । कुपोषित बच्चाहरुमा क्षयरोग हुने सम्भावना बढी हुन्छ ।

क्षयरोगका कारणहरु :–
क्षयरोग खासगरी संक्रमण भएको व्यक्तिको र्याल तथा श्वास प्रश्वासको माध्यमबाट सर्ने गर्दछ । त्यसैगरी धुलो, प्रदुषित खाना र पानीको माध्यमले पनि हुने गर्दछ । त्यसैगरि जनस्वास्थ्य सम्बन्धी चेतनाका अभाव र खान पान अभावको कारणले पनि हुने गर्दछ । क्षयरोग गराउने ब्याक्टेरियाहरु बाहिरी वातावरणमा धेरै दिन सम्म जिवित रहन सक्दछन्, जसले अरुलाई क्षयरोगको संक्रमण हुन सक्ने सम्भावना बढ्छ ।
लक्षणहरुः–
खाना खान मन नलाग्नु
तौल कम हुनु
ज्वरो आउनु
पहेलो हुनु
थकित हुनु
खोकी लाग्नु
श्वास लिन अप्ठयारो
रोगको व्यवस्थापनः–
क्षयरोगको उपचार नेपाल सरकारद्वारा सञ्चालित क्षयरोग कार्यक्रम (डट्स) अन्र्तगत निःशुल्क स्वास्थ्य चौकीबाट उपलब्ध हुन्छ । औषधी खाली पेटमा दिनको एकपटक खानु पर्दछ वा बालरोग विशेषज्ञको सल्लाह सुझाव अनुसार सेवन गर्नुपर्दछ । औषधी तोकिएको समय सम्म चिकित्सकको सिफारिस बमोजिम खानाले क्षयरोग निको हुन्छ साथै पोषणयुक्त खानेकुरामा पनि ध्यान दिनु पर्दछ ।
रोकथामः–
१. बच्चा जन्मे देखि ४५ दिन सम्म बच्चालाई बी.सी.जी.को खोप लगाई क्षयरोगबाट बचाउन
सकिन्छ ।
२. क्षयरोगको लक्षण शुरुमै पत्ता लगाउने र छिटो भन्दा छिटो त्यसको उपचार गर्ने ।
३. क्षयरोग संक्रमित व्यक्तिबाट जोगिने ।
४. वातावरणीय सरसफाई तथा व्यक्तिगत सरसफाईमा ध्यान दिने ।
५. क्षयरोग लागेका बिरामी तथा स्वास्थ्य कार्यकर्ताहरुले मुखमा मास्कको प्रयोग गर्ने ।
६. उमालेको दुध तथा स्वच्छ पानीको प्रयोग गर्ने ।
७. व्यक्तिगत सरसफाई र वातावरणीय सरसफाईको बारेमा जनचेतना पैmलाउने ।
( डा. रोमा बोरा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगंजको बालरोग विभागमा एशोसिएट प्रोफेसर पदमा कार्यरत हुनुहुन्छ । )