पानीजहाज डुब्दा थाइल्याण्डमा ३१ जना नौसैनिक बेपत्ता

उज्यालो खबर मुख्य खबर

 थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा ३१ जना बेपत्ता भएका छन्। 

थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि उद्धार अभियान सुरु गरिएको थियो । नौसेनाले सार्वजनिक गरेका तस्वीरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ ।

नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले बेपत्ता सैनिकको खोजी भइरहेको बताए। उनले भने, ‘हामी अझै पनि हराइरहेका ३१ जनाको खोजी गरिरहेका छौं ।’

जहाजको ‘अपरेटिङ सिस्टम’ले काम गर्न छोडेपछि जहाजले नियन्त्रण गुमाएको थियो। 

जहाजमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुई वटा हेलिकप्टर, दुई वटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको छ ।  
करिब ११ जना नौसैनिकको बाङ सफान अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४० जनालाई सुरक्षित आश्रयस्थलमा राखिएको छ । यो अन्नपुर्ण खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *