सोविता गौतम भन्छिन मेरो क्षेत्रका जनतालाई गुनासो गर्ने ठाउँ राख्दिँन

उज्यालो खबर मुख्य खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी काठमाडौं –२ बाट निर्वाचित सोविता गौतमले आफ्नो क्षेत्रका मतदाताहरू चेतनशील भएको बताएकी छन् ।

निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काठमाडौं–२ ले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म पाएको बताउँदै अब फेरी केही पाउने दावी गरिन् ।

‘यो यस्तो ऐतिहासिक क्षेत्र हो । यहाँबाट निर्वाचित भइसकेपछि कोही राष्ट्रपति पनि हुनुभएको छ । प्रधानमन्त्री पनि हुनुभएको छ । अब यस क्षेत्रले फेरी केही नयाँ पाउनेछ,’ उनले भनिन् ।

उनले सो क्षेत्रका मतदातालाई गुनासो गर्न नदिने पनि प्रण गरेकी छन् । उनले काठमाडौंका विकट क्षेत्रहरुलाई स्तरिकृत गर्नेसमेत बताइन् ।

बजेट शहरलाई मात्र चाहिने नभएर जहाँ आवश्यकता छ त्यहाँ चाहिने हो तर्क गरिन् । यो खबर न्युज24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *