नेपालगन्ज : स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा स्थानीय तथा राजनैतिक विश्लेषण गर्नेहरुले आआफ्नो तर्क अगाडि सार्न थालेका छन् ।त्यसै सेरोफेरोमा जानकी गाउँपालिकाका स्थानीयहरुले यो पटकको चुनाव पनि एमालेले जानकी क्लिन स्विप गर्ने बताएका छन् । जानकीमा एमालेको माहोल, चुनावमा उत्रीएका उम्मेदवार र जानकीमा एमाले प्रतिको जनताको लहर हेर्ने हो भने एमालेले जानकीको क्लिन स्विप गर्ने बताएका हुन् ।
एमाले जानकीमा नेकपा एमालेबाट अध्यक्षमा हिमान्शु सिंह यादव, उपाध्यक्षमा भुमिसरा धिताल चुनावी मैदानमा उत्रीयका छन् । हिमान्शु यादव स्व. राम निवास यादवका जेष्ट सुपुत्र हुन् । घरदैलो अभियानमा स्थानीयको अथाह स्नेह र साथ पाएका हिमान्शु यादवलाई स्थानीयले स्व. राम निवासको रुपमा हेरेका छन् भने उनी जहाँ जहाँ पुग्छन् स्थानीयले जितको शुभकामना सहित आशिर्वाद दिएका छन् । हिमान्शु यादव नै हाम्रो जानकीको भबिष्य हो भन्दै स्थानीयहरु चुनावी र्यालीमा सहभागी बनेका दृश्यले पनि जानकीमा एमालेले क्लिन स्विप गर्ने आकलन गरिएको छ ।
उता एमालेले जानकीको उपाध्यक्षमा नेकपा एमाले बाँकेका उपसचिव तथा जानकी गाउँपालिकाका पुर्व उपाध्यक्ष चुनिन सफल भुमिसरा धिताललाई अगाडि सारेको छ, धितालको जानकीमा राम्रो राजनैतिल र भौगोलिक समर्थन रहेको पाइन्छ । त्यस्तै एमालेले जानकीको वडा नम्बर दुईमा चर्चित युवा नेता किशोर थापालाई अध्यक्षमा उठाएको छ । थापा बाँकेको राजनितीमा नै प्रभाव पार्ने नेताको रुपमा चिनिन्छन् ।
त्यस्तै एमालेले जानकीका वडाहरुमा राम्रो पकड र प्रभावशाली नेताहरुलाई अध्यक्षमा उतारेको छ । वडा नम्बर पाँचमा रमेश बर्मा, वडा नम्बर ६ मा सुरेश यादव जस्ता जानकी गाउँपालिकामै प्रभाव राख्ने नेताहरुलाई वडामा उतारेको छ जसको प्रभाव पुरै जानकीको राजनिति हिसाबकिताब बदल्न सक्ने हैसियत राख्छन् ।
स्थानीयले जानकीमा एमालेले क्लिन स्विप गर्ने आधारको रुपमा जानकीमा नेकपा एमालेबाट फुटेको नेकपा एसको जिरो आधारलाई पनि लिएको छ । जानकी यस्तो पालिका हो जहाँ नेकपा एस शुन्यमा छ । नेकपा एसका सबै नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।