काठमाडौं । बलिउड स्टार सलमान खानका भाइ सोहेल खान नेपाल आइपुगेका छन् । उनी बुधबार नेपाल वायुसेवा निगमको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।
सोहेल खान आगामी जेठ १४ गते काठमाडौं दशरथ रंगशालामा हुने सलमान खानको कार्यक्रमको तयारीस्वरप काठमाडौं आएका हुन् ।
‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी साथै त्यसबारे जानकारी लिन काठमाडौं आइपुगेको आयोजक ओडीसी इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ ।
उनी काठमाडौंमा हुने पत्रकार सम्मेलनमा भाग लिएर आजै मुम्बई फर्किने तालिका रहेको छ ।
कोरोना महामारीले संकटमा परेको नेपालयको पर्यटन क्षेत्रलाई उठाउने प्रयास स्वरुप सलमान खानको कार्यक्रम नेपालमा गर्न लागिएको हो ।
सलमान सँगै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवालगायतका भारतीय कलाकारहरु नेपाल आउँदैछन् ।