आज तराइमा होली, ठाउँठाउँमा होली !

उज्यालो खबर मुख्य खबर

बाँके चैत ४ गते ।
आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाईंदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ ।

पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्तिबाट विचलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भष्म भएको तर भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।

यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली मनाउने गरिन्छ ।

नेपालगन्जमा होलीको विशेष रौनक देखिएको छ । कोरोना महामारीका कारण विगत दुई वर्ष होली मनाउन नपाएका नेपालगन्जबासीले यसपाली भने खुलेरै होली पर्व मनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *