
फिजियोथेरापिष्ट
आज भोली हाम्रो घाँटीको पछाडी पट्टी दुःख्ने साथै हात झम्झमाउने समस्या एउटा मुख्य रुपमा देखा पर्छ । राती सुतिरहेको बेला कुनै एउटा कोल्टे हुँदा अचानक सँग दुःखाई हुन्छ र हामी उठेर बस्नु पर्ने हुन्छ । यस्तो मसस्या किन र कसरी हुन्छ यो हामी थापा पाउन सक्दैनौ र गाउँ घरमा मालिस गर्नेहरु कहा गएर उपचार गराउन खोज्दछौं । त्यसो गर्दा कहिले काँही सन्तो भएको अनुभव हुन्छ भने कहिले काँही दुःखाई बढेर आउँछ ।
बनावटः– हाम्रो शरीरलाई सिधा उभ्याउने काम पछाडी भएको मेरुदण्डले गरको हुन्छ । हामी सजिलै सँग दाँया–बाँया हेर्न सक्छौं किन भने हाम्रो घाँटीमा रहेका हाडहरु सजिलै घुम्न सक्छन् । हामी अगाडी, दाहिने देबे्र पट्टि निहुरेर जुन सुकैपनि काम गर्न सक्छौ किन भने हाम्रो कम्मरमा भएको हाड र छाती को पछाडी भएको हाडहरुले त्यसो गर्न मद्दत पु¥याउँछ । यो मेरुदण्ड घाँटीबाट शुरु भई तलै सम्म हुन्छ र उउटा दण्डाकार संरचना हो । यो दण्डाकार संरचनामा ३० वटा हाडहरु हुन्छन् । यी हाडहरुलाई आपसमा इन्टरभर्टिबल डिक्स नामक लचकदार संरचनाले छुट्टयाएको हुन्छ भने विभिन्न प्रकारको लिगामेन्टहरुले अलग–अलग हाड तथा डिक्सलाई एउटै लामबद्ध बनएर राख्छ । साथै टाँसिएका माँसपेशीहरुले घाँटीलाई मोड्न तथा चलाउनमा मद्दत गर्छ । यी इन्टरभर्टिबल डिस्कहरुले मेरुदण्डमा पर्ने झट्का तथा दबाबलाई अवशोषण गरेर घाँटीलाई चोट पु¥याउनबाट बचाउँछन् । नशा च्यापिने समस्यामा पनि यिनै डिक्स, हाड र नशाको सम्बन्ध छ ।
कारणहरुः–
१. हाडहरु खिइने ः– मानिसको उमेरको कारणले गर्दा हाडहरु दिइने साथै नशा च्यापिने शुरु हुन्छ जसले गर्दा यी समस्याहरु उत्पन्न हुन्छ ।
२. डिक्स खस्किएर ः– कुनै कारणवस यदि यी डिक्स आप्mनो ठाउँबाट खस्किएको खण्डमा नशा च्यापिने हुन्छ जसले गर्दा यी समस्याहरु उत्पन्न हुन्छ ।
३. कम्प्युटर सिन्डूो ः( यदि मानिस धेरै बेर सम्म कम्प्युटरमा काम गर्छन भने पनि घाँटी दुःख्ने समस्या हुन्छ ।
४. अन्य कारणहरुले गर्दा जस्तै ः– (क) रक्त संचारको कमीले , (ख) चोटपटकले गर्दा नशाहरु च्यात्ना गएमा, (ग) माँसपेशीहरु बढी प्रयोग गर्दा (पटक(पटक एकै किसिमको कार्य गर्दा) र (घ) घाँटीको सही अवस्था (पोस्चर) नमिलेको खण्डमा ।
समस्याहरुः–
माथि उल्लेखित परिस्थितीमा, घाँटी दुःख्ने, नशा च्यापिएको खण्डमा हात पनि दुःख्ने, झमझमाउने, निदाउँने, बल नलाग्ने, राती सुत्ने बेलामा बढी दुःख्ने, घाँटी पुरा घुमाउन नसक्ने, टाउको दुःख्ने, रिंगटा लाग्ने आदि समस्याहरु देखापर्छ ।
उपचारः–
नशा च्यापिएका रोगीहरु मध्ये ८५ प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १५ प्रतिशत रोगीको अपे्रशन गर्नु पर्ने हुनसक्छ । आपत्कालीन अवस्था छैन भने अपे्रशन नगराएकै राम्रो हो । गराउनै पर्ने अवस्था भए विज्ञ स्नायु शल्य चिकित्सक बाटै गराउनु पर्दछ ।
प्राकृतिक उपचार वा फिजियोथेरापी उपचारबाट रोगीलाई सजिलै निको पार्न सकिन्छ । यी उपचार पद्धतीमा रोगीलाई विभिन्न किसिमका मेशीनहरुको प्रयोगद्वारा जस्तै घाँटीको टूक्सन, अल्टूासाउण्ड, टेन्स, सार्टवेभ डाइथेरापी, हाट पैक, आई.आर.आर. सेकाई गर्ने तथा नियमित व्यायाम गराउनुका साथै केही दिन सम्म बेड रेस्ट गराएमा रोगीलाई सजिलै निको पार्न सकिन्छ । यो सुविधा विभिन्न अस्पतालको फिजियोथेरापी डिपार्टमेन्टमा अथवा फिजियोथेरापी सेन्टरहरुमा उपलब्ध छ । यो उपचारले गर्दा घाँटीका तन्तुहरुलाई बलियो बनाउन र पिडा क मगर्न साथै डिक्सलाई यथास्थानमा पुनः पु¥याउन र नशा छुटयाउिनमा मद्दत गर्छ । अन्य उपचार जस्तै ः– अकुपे्रसर, कपिङ्ग, काइरोप्राक्टिस आदि पनि उपलब्ध छन् ।
ध्यान दिनुपर्ने कुराहरु
१. नियमित घाँटीको व्यायाम गर्ने (दिनमा ४ पटक)
२. घरमा टैूक्सन विधि अपनाउने ।
३. तातो पानीबाट घाँटीको सेकाई (दिनको २ पकट)
४. अवश्यकता भएको खण्डमा सर्भाइकल कालर लगाउने ।
५. पात्लो सिरानी अथवा सर्भाइकल सिरानीको प्रयोग गर्ने ।
६. घाँटी निहुराएर धेरै बेर सम्म कम नगर्ने ।
७. टाउको माथि भारी नराख्ने ।
८. कम्प्युटरमा काम गर्दा मोनिटर र आँखाको लेबल एक राख्ने साथै घाँटी सिधा राख्ने ।
डा. गुप्ता नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्जमा सिनियर फिजियोथेरापिष्ट हुनुहुन्छ ।